22nd July | 2018 | Sunday | 2:57:53 AM

अल्जेरियामा सैन्य विमान दुर्घटना– सय भन्दा बढीको मृत्यु

  POSTED ON : Wednesday, 11 April, 2018 (6:03:16 PM)

अल्जेरियामा सैन्य विमान दुर्घटना– सय भन्दा बढीको मृत्यु

काठमाडौँ । अल्जेरियामा एक सैन्य विमान दुर्घटना हुँदा कम्तीमा सय जनाको मृत्यु भएको छ ।

बुधबार बिहान अल्जेरियाको बैउफरिक सैन्य विमानस्थलमा विमान दुर्घटना भएको बीबीसीले उल्लेख गरेको छ । मृतकको संख्या अझ बढ्न सक्ने बीबीसीले जनाएको छ ।

घटनास्थलमा सैनिक, प्रहरी तथा अग्नी नियन्त्रकहरुले उद्दारका कार्य सुरु गरेका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार, घटनास्थलमा ५० एम्बुलेन्सले घाइतेहरुलाई अस्पताल पुर्याउने काम गरिरहेका छन् ।

विमानमा कति जना सवार थिए र कति संख्यामा यात्रुको मृत्यु भएको हो भन्ने यकिन संख्या आएको छैन ।