16th December | 2018 | Sunday | 6:10:53 PM

प्रसिद्ध कलाकार चोइको निधन

  POSTED ON : Tuesday, 17 April, 2018 (7:14:49 PM)

प्रसिद्ध कलाकार चोइको निधन

सोल । दक्षिण कोरियाका एकजना प्रसिद्ध कलाकार चोइ इउन हाइको ९१ वर्षको उमेरमा निधन भएको खबर छ । 

दक्षिण कोरियाली यी कलाकारलाई शीतयुद्ध जारी रहेको समयमा सन् १९७८ मा उत्तर कोरियाले अपहरण गरेको थियो । 

उत्तर कोरियाका पूर्व नेता तथा राष्ट्रपति किम जोङ इलको आदेशमा उनकालाई अपहरण गरिएको थियो । 

यसरी अपहरण गरी उनकालाई बलजफ्ती रुपमा एक चलचित्रमा अभिनय पनि गर्न लगाइएको थियो । 

दशकौँसम्म दक्षिण कोरियामा प्रख्यात र लोकप्रीय रहेका कलाकार चोइलाई सन् १९७८ मा हङ्कङ्कमा रहेका बेला अपहरण गरिएको थियो । 

अपहरण गरेर उत्तर कोरिया पु¥याइएका कलाकार चोइले आठ दिनसम्म विरोधस्वरुप केही नखाई बसेको पनि जनाइएको थियो । 

चोइलाई उत्तर कोरियामा आठवर्षसम्म अपरहरण गरी राखिएको र किम जोङ इलको आदेशमा उनलाई १० वटाभन्दा बढी चलचित्रमा अभिनय गर्न लगाइएको थियो । 

एएफपी


Views: 11