23rd May | 2018 | Wednesday | 4:11:40 AM

दक्षिण कोरियाका राष्ट्रपति ट्रम्पलाई भेट्न जाने

  POSTED ON : Saturday, 05 May, 2018 (6:31:04 PM)

दक्षिण कोरियाका राष्ट्रपति ट्रम्पलाई भेट्न जाने

सोल । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ताको मिति र स्थान तय भएको छ । 

दुई कोरियाका शिर्ष नेताकाबीचमा भएको शिखर सम्मेलनका बारेमा मुन र ट्रम्पका बीचमा अमेरिकाको वासिङटनमा भेटवार्ता हुन लागेको हो । 

ट्रम्पको निमन्त्रणामा मुन वासिङटन जान लाग्नुभएको दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसले शनिबार जनाएको छ । 

उनीहरुकाबीचमा यही मे महिनाको २२ तारिखका दिन वासिङटनमै भेटवार्ता गर्ने तय भएको अधिकारीले बताएका छन् । 

ट्रम्प र किमको शिखर बैठक अगाडी दक्षिण कोरियाका राष्ट्रपति मुनले ट्रम्पलाई भेटेर दुई कोरियाको शिखर बैठकका बारेमा बताउँदै ट्रम्प–किम वार्ताकोलागि सहजीकरण गरिदिन लागेका हुन् । 

ट्रम्प र मुनकाबीचमा भेटवार्ता गर्ने कुरा दुई कोरियाको शिखर सम्मेलन अगाडिदेखि नै चर्चामा रहेको थियो । 

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुनबीच गत अप्रिल २७ का दिन पान्मुन्जोममा शिखर वार्ता भएको थियो । शिखर वार्ता भएको ठाँउ दुई देशको सीमा क्षेत्रमा पर्दछ । 

उनीहरुहरुका बीचमा दक्षिण कोरियाको पान्मुन्जोममा रहेको पिस हाउसमा बिहानको समयमा झण्डै डेढ घण्टा वार्ता भएको थियो । 

बैठकमा दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसहितको दुवै देशका नेताले एक आपसमा पटकपटक भेटवार्ता गर्ने र संवन्धलाई थप मजबुद बनाउदै लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए । 

सन् १९५० देखि ५३ सम्म भएको कोरिया युद्धपछि विभाजित भएको दुई कोरियाको सीमा क्षेत्रमा वार्ता भएको हो । 

सन् १९५३ मा कोरियाली युद्ध सकिएपछि पहिलो पटक उत्तर कोरियाका नेता दक्षिण कोरिया गएका थिए ।

सिन्ह्वा