18th October | 2018 | Thursday | 5:57:12 AM

सी र किमबीच दालिअनमा भेटवार्ता

  POSTED ON : Tuesday, 08 May, 2018 (9:27:00 PM)

सी र किमबीच दालिअनमा भेटवार्ता

दालिअन । चीनका राष्ट्रपति सी चिन फिङ र उत्तर कोरियाली नेता किम जोङ अनबीच चीनको उत्तरपूर्वी राज्य लिआओनिङमा यही सोमबार र मङ्गलबार भेटवार्ता भएको छ । 

कोरियाली प्रायद्वीपमा लामो समयदेखि देखिएको तनाव र उत्तर कोरियाको आणविक हतियार परीक्षणपछि अमेरिकालगायत अन्तर्रा्ष्ट्रियस्तरमा देखिएको तनाव अन्त्य गर्ने प्रयासस्वरूप उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच हुन लागेको शिखर सम्मेलनको पूर्वसन्ध्यामा भएको दुई कम्युनिष्ट नेताबीचको भेटलाई विशेष महत्वका साथ लिइएको छ । 

चीनले मध्यस्थता वासिङ्टनलाई वार्तामा ल्याउन मध्यस्थता गरिरहेको भन्ने खबरहरू सञ्चारमाध्यममा आइरहेका समय भएको भेटमा किमले अमेरिकी राष्ट्रपति ट्रम्पसँगको वार्ताका लागि सरसल्लाह गरेको बताइएको छ । 

यसैबीच चिनियाँ भूमिमा भएको कार्यक्रममा कोरियाली नेता किमले भने, “चिनियाँ राष्ट्रपति तथा कम्युनिष्ट पार्टीका महासचिव सी र मेरोबीचमा चीन र उत्तर कोरियाबीच ऐतिहासिक बैठक गरी दुई एसियाली मुलुकको विकास र सम्बन्ध सुधारका लागि अभूतपूर्व ढङ्गबाट अघि बढ्ने असल संस्कृतिको विकास भएको छ ।” 

करिब एक महिनाको समयमा राष्ट्रपति सीसँग भएको मेरो यो दोस्रो भेटले हामीबीचको आपसी विश्वास र प्योङयाङ र बेइजिङबीच बृहद विकासका लागि मित्रवत एवम् समन्वयकारी भूमिकाको लागि नयाँ अध्याय शुरु भएको छ, उनले भने । यसले नयाँ युगको मागलाई सम्बोधन गर्ने छ । सिन्ह्वा


Views: 8