18th August | 2018 | Saturday | 11:34:22 PM

उत्तरपश्चिम चीनमा सडक दुर्घटनामा सातको मृत्यु

  POSTED ON : Thursday, 17 May, 2018 (7:31:08 PM)

उत्तरपश्चिम चीनमा सडक दुर्घटनामा सातको मृत्यु

चाङचुन । उत्तरपूर्वी चीनको जिलिन प्रान्तको देहुई सहरमा बिहीबार बिहान भएको सडक दुर्घटनामा सात व्यक्तिको मृत्यु भएको छ । स्थानीय समयानुसार बिहीबार बिहान ५ बजे सो दुर्घटना भएको थियो । 

एक ट्रकले मिनिबसलाई ठक्कर दिँदा भएको यस घटनामा सात व्यक्तिको मृत्यु हुनुको साथै अन्य छ जना घाइते भएका छन् । 

मिनीबसमा भएका चालकसहित सात व्यक्तिको मृत्यु भएको छ भने अन्य छ घाइते भएका छन् । 

राजमार्गमा मिनीबस र ट्रक एक आपसमा ठोक्किँदा सो दुर्घटना भएको थियो । घाइतेहरुलाई नजिकैको अस्पतालमा भर्ना गरिएको र उनीहरुको अवस्था स्थिर रहेको बताइएको छ । 

दुर्घटनापछि ट्रकचालक फरार रहेका र दुर्घटनाको कारण अनुसन्धानरत रहेको प्रहरीले जानकारी दिएको छ । सिन्ह्वा