24th June | 2018 | Sunday | 8:57:39 PM

सवारी दुर्घटनामा दश जनाको मृत्यु

  POSTED ON : Sunday, 03 June, 2018 (8:05:40 PM)

सवारी दुर्घटनामा दश जनाको मृत्यु

मेक्सिको सिटी । मेक्सिकोमा शनिबार भएको सवारी दुर्घटनामा परी कम्तीमा दश जनाको मृत्यु भएको छ । 

मध्य मेक्सिको राज्यमा मालबहाक ट्रकले यात्रु लिएर गुडिरहेको बसलाई ठक्कर दिएर दुर्घटना भएको स्थानीय प्रहरी अधिकारीले बताएका छन् । 

घटनामा परी अरु ११ जना घाइते भएका छन् । ट्रकको ‘ब्रेक फेल’ भएर बसलाई ठक्कर दिएको बताइएको छ । ट्रकमा निर्माण सामग्री रहेको थियो । 

मृतकमध्ये आठ जनाको घटनास्थलमै र अरु दुई जनाको अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरी अधिकारीले जनाएका छन् । 

घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको छ । 

मेक्सिको राज्यका गभर्नर अल्फ्रेडो डेल माजोले सामाजिक सञ्जाल ट्वीटरमा एक सन्देश लेख्दै घटनाका पीडित र उनीहरुका परिवारजनलाई सरकारको तर्फबाट उचित सम्वोधन हुने बताए । 

साथै उनले मृतकप्रति श्रद्धाञ्जलि र आफन्तप्रति समवेदन पनि व्यक्त गरे ।

सिन्ह्वा