16th December | 2018 | Sunday | 10:50:42 AM

जोर्डनी प्रधानमन्त्रीद्वारा राजिनामा

  POSTED ON : Monday, 04 June, 2018 (9:04:31 PM)

जोर्डनी प्रधानमन्त्रीद्वारा राजिनामा

अम्मान/अन्टानानारिभो । जोर्डनका प्रधानमन्त्री हानी मुल्कीले सोमबार राजा अब्दुल्लाह द्वितीयलाई राजिनामा बुझाएको सरकारी अधिकारीहरूले बताएका छन् । 

प्रधानमन्त्री मुल्की नेतृत्वको सरकारका विरुद्धमा भइरहेको आन्दोलन कठोर बन्दै गएपछि उनले राजिनामा दिए । 

“प्रधानमन्त्री मुल्कीले उहाँको राजिनामा राजा समक्ष पेश गर्नु भएको छ, राजाले उनको राजिनामाको अपेक्षासहित राजदरबारमा भएको बैठकमै उहाँले राजिनामा दिनु भएको हो,” समाचार श्रोतले एएफपीलाई भन्यो । 

राजाले शिक्षा मन्त्री ओमर अल रज्जाजलाई नयाँ सरकार गठन गर्न आदेश दिनुभएको पनि श्रोतले जनाएको छ । 

राजधानी अम्मान र देशका प्रमुख सहरहरूमा गत बुधबार देखि सरकार विरुद्ध सशक्त आन्दोलन सुरु भएको थियो । 

अन्तर्रा्ष्ट्रिय मुद्रा कोषको सिफारिसमा सरकारले आय कर लगाउने सम्बन्धी कानुनको मस्यौदा पारित गरेको विरोधमा प्रदर्शन भएको हो । सिन्ह्वा


Views: 28