22nd September | 2018 | Saturday | 6:28:54 PM

भारतीय प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता हुँदै

  POSTED ON : Friday, 08 June, 2018 (11:27:03 AM)

भारतीय प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता हुँदै

नयाँ दिल्ली, भारत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी शनिबारै चीन भ्रमणमा जाने भएका छन् । 

केही हप्ता अगाडी चीनको भ्रमण गरेका मोदी छोटो समयमै फेरी चीनको भ्रमण गरेर राष्ट्रपति सि चिन फिङलाई भेट्ने छन् ।

त्यतिवेला उनीहरुबीच भएको भेटवार्ताका क्रममा सिमा सम्वन्धी विवाद समाधानका विषयमा नयाँ तरिकाले अगाडी बढ्ने समझदारी भएको थियो । 

विश्वमै चर्चित दुई देशका नेताहरुको भेटवार्ता चिनियाँ सहर चिङदाओमा हुन लागेको साङघाइ कोअप्रेसन अर्गनाईजेसनको अवसरमा हुने भएको हो । 

उनीहरुले दुई पक्षीय हित र आपसी सम्वन्धका बारेमा छलफल  हुने भारतीय विदेश मन्त्रालयले बिहीबार जनाएको छ । 

व्यापार, सुरक्षा, चीनको ‘बेल्ट एण्ड रोड इन्फ्राइस्टकचर प्रोजेक्ट’ लगायतका विषय सो दुई दिने सम्मेलनका मुख्य एजेण्डा रहेका छन् । एएफपी


Views: 2