21st August | 2018 | Tuesday | 3:25:15 PM

सिङ्गापुरका प्रधानमन्त्री र अमेरिकी राष्ट्रपति भेटवार्ता

  POSTED ON : Monday, 11 June, 2018 (7:01:06 PM)

सिङ्गापुरका प्रधानमन्त्री र अमेरिकी राष्ट्रपति भेटवार्ता

सिङ्गापुर । सिङ्गापुरका प्रधानमन्त्री लि हसिन लोङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सोमबार भेटवार्ता गरेका छन् । 

उनीहरुबीच सोमबार बिहान सिङ्गापुरका राष्ट्रपतिको कार्यालयमा भेटवार्ता भएको चिनियाँ समाचार समिति सिन्ह्वाले जानकारी दिएको छ । 

उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आइतबार नै सिङ्गपुर पुगेका छन् ।

मंगलबार बिहान उनीहरुबीचच बहुप्रतिक्षित शिखर वार्ता हुनलागेको छ । सो भेटवार्ता यहाँको स्थानीय समयानुसार बिहान ९ बजे हुने कार्यक्रम रहेको छ । 

विश्वकै लागि सर्वा्धिक चासोका रुपमा रहेको एक बहुप्रतिक्षित शिखर वार्ताका लागि आइतबार नै यी दुबै नेता सिङ्गापुर पुगेको समाचारमा जनाइएको छ । 

सिङ्गापुरका प्रधानमन्त्री र अमेरिकी राष्ट्रपतिबीचको सोमबार भएको यस वार्तामा पनि मंगलबार शुरु हुन लागेको उक्त शिखर वार्ताकै बारेमा कुराकानी भएको बताइएको छ । 

सिन्ह्वा