23rd July | 2018 | Monday | 6:17:07 AM

अमेरिकी विदेशमन्त्री उत्तर कोरियामा

  POSTED ON : Thursday, 05 July, 2018 (6:55:51 PM)

अमेरिकी विदेशमन्त्री उत्तर कोरियामा

वासिङटन । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ बिहीबार बासिङ्टनबाट उत्तर कोरियाको राजधानी प्योङग््याङतर्फ लागेका हुन् । 

उत्तर कोरियाली नेता किम जोङ उनीसँग वार्ताका लागि उनी त्यसतर्फ लागेका हुन् ।

अमेरिकी विदेश मन्त्रालयले सो जानकारी दिएको छ । 

उनी उत्तर कोरियाले यसअघि नै प्रतिबद्धता व्यक्त गरेको निशस्त्रीकरण विषयमा जारी अन्तिम चरणको वार्ताको लागि त्यसतर्फ लागेका हुन् बताइएको छ । 

अमेरिकी वरिष्ठ कूटनीतिज्ञ पोम्पेओसँग अमेरिकी विदेशमन्त्रालयका अन्य उच्च अधिकारी पनि साथमा रहेको बताइएको छ । 


अमेरिकी विदेशमन्त्री पोम्पेओ स्थानीय समयानुसार बिहीबार मध्याह्न २ बजे उत्तर कोरियाको राजधानी प्योङग््याङ पुग्ने बताइएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किमबीच गत महिना सिङ्गापुरमा ऐतिहासिक शिखर वार्ता भएको थियो । 

सो समयदेखि नै राष्ट्रपति ट्रम्प उत्तर कोरियाकोतर्फबाट बारम्बार आउने गरेको आणविक युद्धको चेतावनीको अन्त्य भएको बताइएको छ । 

त्यस वार्तापछि उत्तर कोरियाली प्रायःद्वीपमा शान्तिको आशा बढेको विश्वास गरिएको बताइन्छ । 

यस वार्ताकाक्रममा उत्तर कोरियाले प्रतिबद्धता व्यक्त गरेको पूर्ण्निशस्त्रीकरणका लागि उत्तर कोरियाले काम सुरु गरिसकेको पनि उसको दाबी छ । 


सिङ्गापुरमा दुई नेताबीच भएको शिखर वार्तापछि सम्झौतापत्रमा हस्ताक्षरसमेत भएको थियो । 

सोही सम्झौतापत्रअनुरुप कोरियाली प्रायःद्वीपमा पूर्ण्निशस्त्रीकरणको उद्देश्य प्राप्त गर्नको लागि अमेरिकी विदेशमन्त्रीको नेतृत्वमा उच्च अधिकारी त्यसतर्फ लागेका हुन् । 

वासिङ्टनले कोरियाली प्रायःद्वीपमा पूर्ण्निशस्त्रीकरणको काम बढीमा एक वर्ष्भित्र पूराहुने आशा गरेको पनि बताउने गरेको छ । 

तर कैयौँ अमेरिकी विज्ञ, उत्तर कोरियालाई नजिकबाट हेरिरहेका केही अधिकारी र राष्ट्रपति ट्रम्पका आलोचकले भने किमले गरेको बाचामा कुनै वजन नरहेको आरोप लगाउने गरेका छन् । 

कोरियाली प्रायःद्वीपमा पूर्ण्निशस्त्रीकरणको उद्देश्य पूराहुन कैयौँ वर्ष लाग्ने उनीहरुले बताउँदै आएका छन् । 

राजधानी प्योङग््याङमा शुक्रबार बिहान कोरियाली प्रायःद्वीपमा पूर्ण्निशस्त्रीकरणको विषयमा विदेशमन्त्री पोम्पेओ र उनका उत्तर कोरियाली समकक्षीबीच वार्ता हुने कार्यक्रम छ । 

त्यसपछि विदेशमन्त्री पोम्पेओ जापान र दक्षिण कोरिया पनि जानुहुने कार्यक्रम रहेको छ । उनले जापान र दक्षिण कोरियाली आफ्ना समकक्षीसँग पनि यसै विषयमा भेटवार्ता गर्नुहुने बताइएको छ । 

रासस