23rd July | 2018 | Monday | 6:13:41 AM

गुफामा फसेका ६ बालकको उद्धार : नाम सार्वजनिक गरिएन

  POSTED ON : Monday, 09 July, 2018 (10:43:27 AM)

गुफामा फसेका ६ बालकको उद्धार : नाम सार्वजनिक गरिएन

माए साय । थाइल्याण्डमा आएको बाढीपछि विगत १५ दिनभन्दा बढी गुफामा फसेका १२ जना बालकहरू तथा उनीहरूका खेल प्रशिक्षकमध्ये छ जनाको सकुशल उद्धार गरिएको अधिकारीले बताएका छन् । 

शुरूमा दुई बालक चार किलोमिटर लामो गुफालाई छिचोल्दै उद्धारकर्ताको सहयोगमा बाहिर आएका थिए । त्यसपछि अन्य चार जनालाई गुफाबाट बाहिर आउन सफल भएका थिए । 

उनीहरू सवैलाई उपचारका लागि अस्पताल पठाइएको छ । 

छ वालकको उद्धार गरिएको छ, उनीहरूको नाम तत्काल सार्वजनिक गर्दा बाँकी अभिभावकमा चिन्ता बढ्न सक्ने भन्दै सबैजनाको उद्धार भएपछि नाम सार्वजनिक गरिनेछ, रक्षा मन्त्रालयका एक अधिकारीले एएफपीलाई बताए । 

बाँकी बालक तथा प्रशिक्षकलाई पनि क्रमश उद्धार गरिने मन्त्रालयले जनाएको छ । 

एएफपी