17th July | 2018 | Tuesday | 1:46:32 PM

गुफामा फसेका तेह्रै जनाको सकुशल उद्धार

  POSTED ON : Tuesday, 10 July, 2018 (9:41:25 PM)

गुफामा फसेका तेह्रै जनाको सकुशल  उद्धार

काठमाडौं । उत्तरी थाईल्यान्डस्थित बाढीग्रस्त गुफामा दुई हप्तादेखि फसेको समूहका बाँकी पाँच सदस्यलाई पनि उद्धार गरिएको छ ।  उद्धार सुरु गरेको तेस्रो दिन  उनीहरु सबैलाई सकुशल बाहिर ल्याएइको हो ।

थाई जलसेनाले गुफामा गत जुन २३ देखि फसेका १३ जनाको उद्धार गरिएको पुष्टि गरेको छ।

१२ बालक र उनीहरुको फुटबल प्रशिक्षकको उद्दार भएको थाई अधिकारीहरुले जानकारी दिएका छन् ।

उद्दार सुरु भएको पहिलो दिन ४ जना बालकको उद्दार गरिएको थियो भने सोमबार ४ जना र अन्तिम दिन आज मंगलबार ४ बालक र उनीहरुको प्रशिक्षकको उद्दार भएको हो ।

एजेन्सी