22nd August | 2018 | Wednesday | 1:32:51 AM

२० हजार अफगान शरणार्थी स्वदेश फिर्ता : राष्ट्रसंघीय एजेन्सी

एजेन्सी   POSTED ON : Wednesday, 08 August, 2018 (4:14:52 PM)

२० हजार अफगान शरणार्थी स्वदेश फिर्ता : राष्ट्रसंघीय एजेन्सी

काबुल । शरणार्थीका रूपमा इरान र पाकिस्तानमा बस्दै आएका करिब २० हजार अफगान नागरिक गत हप्ता अफगानिस्तान फर्र्किएका छन् । उनीहरू ती दुई छिमेकी देशबाट गत जुलाई २९ देखि अगष्ट ४ सम्ममा स्वदेश फर्र्किएको आप्रवासनसम्बन्धी संयुक्त राष्ट्रसंघीय एजेन्सी ‘आइओएम’ले जनाएको छ । एजेन्सीले मंगलबार विज्ञप्तिमार्फत जनाएअनुसार १९ हजार ५१३ जना अफगान शरणार्थी इरानबाट स्वदेश फर्र्किएका हुन् । तर यो संख्या भने अघिल्लो हप्ताको तुलनामा पाँच प्रतिशतमात्र हो ।

यसरी फर्र्र्किएकामा अधिकांश इरानबाट आएका छन् । एजेन्सीले दिएको जानकारीअनुसार पाकिस्तानबाट यस अवधिमा ९५४ जना अफगान शरणार्थी स्वदेश फर्र्किएका छन् । अघिल्लो हप्ता पाकिस्तानबाट १३७ जनामात्र फिर्ता भएकोमा यस अवधिमा भने पाकिस्तानबाट फर्किएका शरणार्थीको संख्या निकै धेरै हो । यसरी फर्र्किएका शरणार्थीलाई आइओएमले खाना र अरू आधारभूत आवश्यकताका विषयमा सहयोग उपलब्ध गराउँदै आएको छ । अफगानिस्तान छाडेर शरणार्थीका रूपमा छिमेकी देशमा रहेका करिब चार लाख ६३ हजार अफगान नागरिक यस वर्षमात्र स्वदेश फर्किएका एजेन्सीले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।