22nd September | 2018 | Saturday | 4:36:31 PM

पहिरोमा २० जनाको मृत्यु

एजेन्सी   POSTED ON : Friday, 14 September, 2018 (2:53:10 PM)

पहिरोमा  २० जनाको मृत्यु

खार्तुम । सुडानको युद्धग्रस्त क्षेत्र डार्फरको पहाडी इलाकामा भारी वर्षापछि गएको पहिरोमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । गत सेप्टेम्बर ७ मा डार्फरको जेबेल मार्रा क्षेत्रको पहाडी इलाकामा ठुल्ठूला ढुंगासहितको पहिरो झरेका कारण घरहरूसहित कैयौं मानिस पुरिएको आशंका गरिएको छ । डार्फरको जेबेल मर्रा क्षेत्र विद्रोही समूह ‘सुडान लिबरेसन आर्मी–अब्दुल वाहिद (एसएलए–एडब्लू)’को नियन्त्रणमा छ । सोही कारण त्यहाँबाट स्वतन्त्ररूपमा सूचना प्राप्त गर्न पनि कठिन भएको अधिकारीले बताएका छन् । 

शुरा परिषद्का महासचिव अमिन महमुद ओस्मानले खुला आकाशमुनि बस्न बाध्य मानिसका लागि आश्रयस्थल उपलब्ध गराउन र हराइरहेका मानिसको खोजी गर्न राष्ट्रसंघ, गैर सरकारी संस्था एवं सुडान सरकार समक्ष आग्रह गरे । सिमान्तकृत समुदायलाई बेवास्ता गरिएको आरोपमा सन् २००३ बाट डार्फरमा सुडान सरकारको विरोधमा विद्रोह सुरु भएको थियो । संयुक्त राष्ट्रसंघका अनुसार सुडानमा जारी पछिल्लो द्वन्द्वका कारण तीन लाखभन्दा बढीको मृत्यु भइसकेको छ । त्यसैगरी यस द्वन्द्वमा २५ लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । 


Views: 48