17th December | 2018 | Monday | 1:50:40 AM

किमसँग दोस्रो शिखर वार्ता छिट्टै : ट्रम्प

रासस/एएफपी   POSTED ON : Wednesday, 26 September, 2018 (2:39:27 PM)

किमसँग दोस्रो शिखर वार्ता छिट्टै : ट्रम्प

न्यूयोर्क । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनसँगको दोस्रो शिखर वार्ता छिट्टै हुने विश्वास व्यक्त गरेका छन् । उनले आफूहरूको अबको भेटवार्ताबाट आश्चर्यजनक उपलब्धि हुने विश्वास व्यक्त गरे । राष्ट्रपति ट्रम्पले राष्ट्रसंघको महासभामा पुगेका सञ्चारकर्मीसँगको भेटमा यस्तो बताएका हुन् । उनले धेरै विषयहरूमा छलफलपछि व्यापक सहमतिका आधार बनेका र अर्को भेट टाढा नभएको प्रतिक्रिया दिए । उनले भने, ‘मलाई हाम्रो दोस्रो शिखर सम्मेलन चाँडै नै होला जस्तो लागेको छ ।’

दक्षिण कोरिया र उत्तर कोरियाका शीर्ष नेताको बैठकपछि दक्षिण कोरिया र चीनले तत्काल अमेरिकासँग फेरि वार्ता गर्न उत्तर कोरियालाई सुझाव दिएका थिए । दक्षिण कोरिया र चीनको सुझाव सार्वजनिक भएको केही दिनपछि अमेरिकी राष्ट्रपति ट्रम्पले चाँडै वार्ता हुने विश्वास व्यक्त गरेका हुन् । ट्रम्प र किमबीचको बहुचर्चित पहिलो शिखर सम्मेलन यसअघि गत जुनमा सिंगापुरमा सम्पन्न भएको थियो । 


Views: 81