19th October | 2018 | Friday | 3:32:11 AM

न्यूगिनी एयरको जहाज दुर्घटना–४७ जनाको जीवितै उद्धार

  POSTED ON : Friday, 28 September, 2018 (8:17:29 PM)

न्यूगिनी एयरको जहाज दुर्घटना–४७ जनाको जीवितै उद्धार

काठमाडौं । न्यूगिनी एयरको जहाज आज विहानै माइक्रोनेसियाको समुन्द्रमा दुर्घटनाग्रस्त हुन पुगेको छ । माइक्रोनेसियाको छुक अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा ओभरसूट गरिएको जहाज एक्कासी समुन्द्रमा खसेर दुर्घटनाग्रस्त हुन पुगेको थियो । 

विमानस्थल नजिकैको समुन्द्र दुर्घटनाग्रस्त बनेको जहाजबाट ४७ जना मानिसलाई जीवितै उद्धार गरिएको अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । 

जहाजमा ३६ जना यात्रु र ११ जना चालक दलको सदस्य रहेको बताइएको छ । बोईङ ७३७ जहाजमा १५० भन्दा बढि यात्रु अट्ने भएपनि उडानमा ३६ जना मात्रै यात्रु रहेको अधिकारीहरुले जनाएका छन् । 

पाइलटले सबैभन्दा अगाडिको ढोका खोलेर यात्रुहरुलाई बाहिर निकाल्न सहयोग गरेका थिए ।

पपुवा न्यूगिनी नजिकै रहेको माइक्रोनेसियाको विमानस्थलमा प्राविधिक कारणले ओभरसूट गरिएको जहाजले गति लिन नसकी समुन्द्रमा खसेको प्रारम्भिक अनुमान गरिएको छ ।


Views: 93