17th October | 2018 | Wednesday | 9:15:05 PM

भारतीय प्रधानन्यायधीशद्वारा सपथ ग्रहण

  POSTED ON : Wednesday, 03 October, 2018 (8:37:13 PM)

भारतीय प्रधानन्यायधीशद्वारा सपथ ग्रहण

नयाँ दिल्ली । भारतीय प्रधानन्यायाधीश रञ्जन गोगईले बुधबार आफ्नो पद तथा गोपनीयताको सपथ लिएका छन् ।

भारतीय राष्ट्रपति भवनमा बुधबार आयोजित एक विशेष समारोहमा उनलाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले प्रधानन्यायाधीश गोगईलाई सपथ गराए ।

उनलाई भारतीय राष्ट्रपति कोविन्दले गत सेप्टेम्बर ३ मा भारतको ४६ औँ प्रधानन्यायाधीशमा नियुक्त गरेका थिए ।

भारतको आसाममा जन्मिएका प्रधानन्यायाधीश गोगई ६३ वर्षको छन् । उन भारतको उत्तरपूर्वी क्षेत्रबाट नियुक्त हुने पहिलो प्रधानन्यायाधीश बनेको पनि प्राप्त समाचारमा जनाइएको छ । 

उनको कार्यकाल १३ महिनाको मात्र रहेको बताइएको छ । प्रधानन्यायाधीश कोविन्द सन् २०१९ को नोभेम्बरमा सेवानिवृत्त हुनेछन् । उनी राष्ट्रिय कानुन सेवा नियोगको कार्यकारी अध्यक्ष पनि छन् । 

एएनअइ


Views: 66