16th December | 2018 | Sunday | 10:54:16 PM

सैनिक विमान दुर्घटनाग्रस्त – चालक भने सकुशल विमानबाट बाहिर निस्के

  POSTED ON : Friday, 05 October, 2018 (7:52:37 PM)

सैनिक विमान दुर्घटनाग्रस्त – चालक भने सकुशल विमानबाट बाहिर निस्के

नयाँ दिल्ली  ।भारतको उत्तर प्रदेशमा शुक्रबार विहान एक सैनिक विमान दुर्घटनाग्रस्त भएको छ । 

यस दुर्घटनामा मानवीय क्षति नभएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । सो विमानमा रहेका दुई जना चालकको भने सकुशल विमानबाट बाहिर निस्किेका छन् । 

उत्तर प्रदेशको प्रान्तीय राजधानी लखनउबाट ५८५ किलोमिटर उत्तरपश्चिममा रहेको बाघपात जिल्लास्थित उखुबारीमा सो विमान दुर्घटनाग्रस्त भएपछि चालकहरु बाहिर निस्किेका थिए । उक्त विमानमा दुई चालक मात्र थिए । 

भारतीय वायु सेवा निगमको दुई सिटमात्र भएको यो विमान शुक्रबार विहान सबेरै दुर्घटनाग्रस्त भएको थियो सिन्ह्वा


Views: 114