21st November | 2018 | Wednesday | 10:12:34 AM

धेरै मोटाएको निहुँमा तीन तलाक दिने पति पक्राउ

  POSTED ON : Thursday, 25 October, 2018 (7:07:45 PM)

धेरै मोटाएको निहुँमा तीन तलाक दिने पति पक्राउ

भोपाल, भारत । भारतको मध्यप्रदेशमा एक व्यक्तिलाई तीन तलाक दिएको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । केन्द्र सरकारले मुस्लिम समुदायमा सम्बन्ध बिच्छेदका लागि प्रयोग हुने “तीन तलाक” लाई प्रतिबन्ध लगाउने कानुन पारित गरेको एक महिनापछि नै यस्तो घटना भएको हो । 

मेघनगर प्रहरी स्टेशनका अनुसार आरिफ हुसेन विरुद्ध नयाँ मुस्लिम महिला (विवाहको हक संरक्षण) अध्यादेश २०१८ बमोजिम मुद्दा दर्ता गरिएको छ । 

मेघनगरको शेरवानी मोल्लाकी स्थायी बासिन्दा सल्मा बानोले आरिफसँग १० वर्ष पहिले विवाह गरेकी थिइन् । यो दम्पतीका दुईजना बच्चा पनि छन् । बानोको उजूरीका आधारमा प्रहरीले आरिफलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

बानोले आफू धेरै मोटाएको भन्दै पतिले तलाक (सम्बन्ध बिच्छेद) दिएको बताएकी छन् । धेरै मोटाएको भन्दै आफूमाथि पटकपटक दुव्र्यवहार र कुटपिट गर्ने गरेको उनको आरोप छ । “तीन पटक तलाक दिएपछि बाध्य भएर मैले प्रहरीमा उजूरी दिएकी हुँ,” बानोले भनिन् ।


Views: 77