19th December | 2018 | Wednesday | 1:53:03 AM

श्रीलंकाको संसदमा सांसदहरुबीच कुटाकुट (भिडियोसहित)

  POSTED ON : Thursday, 15 November, 2018 (6:02:27 PM)

श्रीलंकाको संसदमा सांसदहरुबीच कुटाकुट (भिडियोसहित)

काठमाडौं । श्रीलंकाको संसदमा प्रधानमन्त्री महिन्दा राजापाक्षे समर्थक र विरोधी सांसदहरुबीच कुटाकुट भएको खबर छ ।

राजापाक्षेका समर्थकहरुले अविश्वास प्रस्ततावमाथि निर्णय गर्न मतदानमा जानुपर्ने बताएपछि झडप सुरु भएको हो ।

बिहीबार संसद बैठकमा सांसदहरुबीच भीडन्त भएको हो । संसदले ध्वनिमतको आधारमा प्रधानमन्त्री महिन्दा राजापाक्षेविरुद्ध अविश्वास प्रस्ताव पारित गरेको विरोधमा राजापाक्षे समर्थक सांसदले नाराबाजी गर्दै सभामुखमाथि नै आक्रमण गर्न थालेपछि कुटाकुट भएको हो ।

राजापाक्षेले बिहीबार संसद बैठकमा आफूलाई ध्वनिमतको आधारमा हटाउने अधिकार सभामुखलाई नभएको बताएका थिए । सभामुख कारु जैसूर्याले मुलुकमा अहिले प्रधानमन्त्री नरहेको बताएका थिए । तर प्रधानमन्त्री महिन्दा राजापाक्षेले यति महत्वपूर्ण विषयमा ध्वनि मतको आधारमा अविश्वास प्रस्तावको  निर्णय गर्न नहुने बताएका थिए ।

राजापाक्षे समर्थक  सांसदहरुले सभामुखलाई पानीको बोतल, किताब आदिले समेत हिर्काएका थिए । राजापाक्षेका विरोधी सांसदहरुले सभामुख कारु जैसूर्यालाई घेरेर सुरक्षा दिएका थिए ।


Views: 134