19th December | 2018 | Wednesday | 1:52:10 AM

नगरको सुरक्षा गर्न मेयर आफैं गस्तीमा

एजेन्सी   POSTED ON : Tuesday, 04 December, 2018 (2:21:31 PM)

नगरको सुरक्षा गर्न मेयर आफैं गस्तीमा

एल साल्भाडोर  । एल साल्भाडोरको एक नगरपालिकाका ६० वर्षका मेयर मोरिसियो विलानोभा हरको सुरक्षाका लागि आफैं खटिन्छन् । उनी आफैं एसल्ट राइफल लिएर शहरको गस्ती गर्छन् । उनीहरू प्रहरी अफिसर र सैनिकका साथ आफैं बुलेटप्रूफ ज्याकेट लगाएर गस्ती गर्छन् । एल साल्भाडोर एक मध्यअमेरिकी देश हो जहाँको सेन जोस गायाबल शहरमा विलानोभा १८ वर्षदेखि निरन्तर मेयर पदमा कायम छन् । 

यो सहरमा एमएस–१३ र ला बारियो–१८ जस्ता खतरनाक आपराधिक गुट छन् । विलानोभाले २ वर्षमा शहरलाई अपराधमुक्त बनाउने योजना बनाएका छन् । उनी भन्छन्, ‘बुलेटप्रुफ ज्याकेट लगाउँदैमा मलाई एक सामान्य नागरिकभन्दा बढी केही महसुस हुँदैन । यसकारण गर्छु किन कि म आफ्नो शहरलाई माया गर्छु ।’ विलानोभालाई शहरमा अपराध दर आश्चर्यजनकरूपमा कम गरेको श्रेय दिइन्छ । यो शहर संसारमा सबैभन्दा धेरै हत्या हुने ठाउँमा गनिन्छ । २०१७ मा यहाँ प्रतिएक लाख मानिसमध्ये ४५ जनाको हत्या भएको तथ्यांक छ । 

२०१८ मा भने अहिलेसम्म एकजनाको हत्या भएको छैन । शहरमा हत्या हिंसा बढेका कारण हजारौं नागरिक देश छोडेर गइसकेका छन् । शहरबाट पलायन भएकाहरू मेक्सिको–अमेरिकाको सीमामा प्रवेश गर्ने कोसिस गरिरहेका छन् । सडक सुरक्षित रहून् भन्नका लागि मेयर विलानोभाले चोकचोकमा सिसिटिभी क्यामेरा जडान गराएका छन् । अपराधको सूचना दिनको लागि उनले आवश्यक उपकरण दिएर तीन सय गुप्तचर नियुक्त गरेका छन् । 

विलानोधाले आपराधिक संगठनको तर्फबाट कैयौं धम्की पाइसकेका छन् । उनले शहरको लागि सैनिकको ४ टोली गस्तीमा परिचालन गरेका छन् । हरेक टिमलाई ड्राइभरसहित गाडि दिइएको छ । एक अफिसरका अनुसार गाडी पाएपछि ठूलो इलाकामा गस्ती गर्न सजिलो भएको छ । यसअघि उनीहरूले पैदल गस्ती गर्नुपथ्र्यो । एमएस–१३ ग्याङ पूरै अमेरिकामा हिंसाको लागि कुख्यात छ । यो ग्याङले हत्या गर्ने, बलात्कार गर्ने र नियन्त्रण गर्ने नीतिमा काम गर्छ । यो ग्याङका अमेरिकामा १० हजार र संसारभर ३० हजार सदस्य छन् ।


Views: 44