25th June | 2019 | Tuesday | 5:38:41 AM

चीन भ्रमणको दक्षिण कोरियाद्धारा स्वागत

  POSTED ON : पुष २४, २०७५ (१२:५४ PM)

चीन भ्रमणको दक्षिण कोरियाद्धारा स्वागत

बेइजिङ । उत्तर कोरियाली नेता किम जोङ् उनले गरेको चीन भ्रमणको दक्षिण कोरियाको राष्ट्रपति कार्यालय ब्लू हाउसले मङ्गलबार स्वागत गरेको छ । कोरियाली प्रायद्वीपमा शान्ति कायम गर्नको लागि यस भ्रमणले सहयोग गर्ने बताइएको छ । 

ब्लू हााउसका प्रवक्ता किम एइ कुम एक पत्रकार सम्मेलनमा यस भ्रमण कोरियाली प्रायद्वीपमा पूरा निःशस्त्रीकरण र स्थायी शान्तिको लागि यसले सहयोग गर्ने बताए ।

उत्तर कोरिया चीनबीचको यस वार्ताले उत्तर कोरिया र अमेरिकी बीच हुने भनिएको दोस्रो चरणको वार्तालाई सहयोग हुने पनि प्रवक्ता किमले बताए । 

गत वर्षको जुन महिनामा उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सिङ्गापुरमा पहिलो ऐतिहासिक शिखर वार्ता भएको थियो । निकट भबिष्यमै यी दुई नेताबीच पुनः भेटवार्ता हुने अपेक्षा गरिएको छ । 

किम चिनियाँ राष्ट्रपति सी जिनपिङको चार दिनको निमन्त्रणामा त्यसतर्फ लाग्नुभएको बताइएको छ । 

(रासस ÷सिन्ह्वा)


Views: 110