19th August | 2019 | Monday | 9:27:16 PM

आँधीका कारण ३को मृत्यु, १७२ घाइते

एजेन्सी   POSTED ON : माघ १६, २०७५ (७:२६ AM)

आँधीका कारण ३को मृत्यु, १७२ घाइते

क्युबा  । क्युबाको राजधानी हवानामा शक्तिशाली आँधीका कारण तीनजनाको मृत्यु भएको छ भने कम्तिमा १७२ जना घाइते भएको राष्ट्रपति मिगुएल दायज क्यानेलले बताएका छन् । क्यानेलले ट्वीटरमा लेखेका छन्, ‘आइतबार राति हवानाको रेग्ला नगरमा आएको आँधीका कारण निकै धेरै क्षति पुगेको छ ।’ हालसम्म तीनजनाको मृत्यु भएको छ भने १७२ जना घाइते भएका छन् । 

घटनास्थलमा सयौंको संख्यामा सुरक्षाकर्मी उद्धारका लागि खटेका छन् । आँधीका कारण हवानाका कैयौं नगरमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ भने कैयौं भौतिक संरचनामा क्षति पुगेको हवानाबाट प्राप्त समाचारमा जनाइएको छ । व्यापक वर्षाकासाथ आएको आँधी प्रतिघण्टा १०० किलोमिटरको गतिमा आएको स्थानीय मौसम विज्ञान कार्यालयले जनाएको छ । क्युबामा आँधीबाट हरेक वर्ष दर्जनौंको संख्यामा नागरिकले ज्यान गुमाउने गरेका छन् । सन् १९४० को डिसेम्बरमा पश्चिमी शहर वेजुकालमा आएको आँधीलाई क्युबाको इतिहासमा सबैभन्दा प्रलयकारी मानिने गरेको छ । 


Views: 100