19th August | 2019 | Monday | 9:18:01 PM

मुख्य कमाण्डरसहित सात लडाकू मारिए

  POSTED ON : माघ २०, २०७५ (१२:०४ PM)

मुख्य कमाण्डरसहित सात लडाकू मारिए

लासकारगाह, अफगानिस्तान । अफगानिस्तानको हेलमान्ड प्रान्तमा तालिबान लडाकूका कमाण्डरसहित सात जना मारिएका छन् । 

अफगान सेनाले आइतबार जारी गरेको वक्तव्यमा अरु पाँच लडाकू घाइते भएका जनाइएको छ । वक्तव्यका अनुसार सरकारी सेनाले शनिबार चलाएको सुरक्षा कारबाहीमा परी उनीहरु मारिएका हुन् । 

सेनाले तालिबान लडाकू कमाण्डर क्वारी जानान पनि सोही कारबाहीका क्रममा मारिएको समाचारमा जनाइएको छ । 

लडाकूहरुले आफ्ना आखडामा राखेका अन्य बन्दोबस्तीका सामग्रीहरु पनि सो कारबाहीका क्रममा नष्ट गरिएको बताइएको छ । 

सेनाले सुरक्षाकर्मीतर्फको क्षतिको बारेमा भने कुनै जानकारी दिएको छैन । घटनाका बारेमा तालिबान लडाकूको तर्फबाट पनि कुनै प्रतिक्रिया आएको छैन । सिन्ह्वा


Views: 99