19th August | 2019 | Monday | 8:45:15 PM

आँधीबाट ६ जनाको मृत्यु

(रासस, एएफपी)   POSTED ON : माघ २२, २०७५ (५:३७ AM)

आँधीबाट ६ जनाको मृत्यु

हवाना । क्युबाको राजधानी शहर हवानामा गत हप्ता आएको शक्तिशाली आँधीमा परी ज्यान गुमाउने व्यक्तिको संख्या बढेर ६ पुगेको छ । सरकारी अधिकारीले आइतबार सो जानकारी दिएका छन् । यस आँधीमा परी गम्भीर घाइते भएका १३ व्यक्तिमा दुईजनाको मृत्यु भएपछि यो संख्या ६ पुगेको स्वास्थ्य मन्त्री जोसे एन्जेल पोर्टोल मिरान्दाले राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमलाई बताएका छन् । यसअघि यसमा आँधीमा परी चार व्यक्तिको मृत्यु भइसकेको थियो । आँधीको कारण राजधानी हवानालगायत रेग्ला, गुवानाबाकोआ, सान मिगुएल डे, पादरोन र टेन डे ओक्टेब्रे शहर गत जनवरीको २७ तारिखबाट नै प्रभावित भएका थिए ।

हवाना (रासस÷एएफपी) । क्युबाको राजधानी शहर हवानामा गत हप्ता आएको शक्तिशाली आँधीमा परी ज्यान गुमाउने व्यक्तिको संख्या बढेर ६ पुगेको छ । सरकारी अधिकारीले आइतबार सो जानकारी दिएका छन् । यस आँधीमा परी गम्भीर घाइते भएका १३ व्यक्तिमा दुईजनाको मृत्यु भएपछि यो संख्या ६ पुगेको स्वास्थ्य मन्त्री जोसे एन्जेल पोर्टोल मिरान्दाले राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमलाई बताएका छन् । यसअघि यसमा आँधीमा परी चार व्यक्तिको मृत्यु भइसकेको थियो । आँधीको कारण राजधानी हवानालगायत रेग्ला, गुवानाबाकोआ, सान मिगुएल डे, पादरोन र टेन डे ओक्टेब्रे शहर गत जनवरीको २७ तारिखबाट नै प्रभावित भएका थिए । 



Views: 88