18th February | 2019 | Monday | 4:20:15 PM

गोली हानाहनमा दश जना माओवादी मारिए

  POSTED ON : Thursday, 07 February, 2019 (5:48:57 PM)

गोली हानाहनमा दश जना माओवादी मारिए

नयाँ दिल्ली । मध्य भारतीय राज्य छत्तिसगढमा बिहीबार सरकार सुरक्षा बल र भारतीय माओवादीबीच भएको दोहोरो भिडन्तमा परी कम्तीमा दश माओवादी लडाकू मारिएका छन् । 

छत्तिसगढको प्रान्तीय राजधानी रायपुरबाट ३६५ किलोमिटर ढाटा रहेको भैरामगढमा सो भिडन्त भएको थियो । 

भारतीय विशेष सुरक्षाबलले यस इलाकामा माओवादी लडाकू मुक्त क्षेत्र बनाउनको लागि जारी राखेको कारबाहीको क्रममा सो झडप भएको बताइएको छ । 

झडपको क्रममा १० शव र दश ओटा राइफल फेला परेको र अझै पनि सुरक्षा कारबाही जारी रहेको सरकारी अधिकारीहरु जानकारी दिएका छन् । 

सिन्ह्वा


Views: 93