18th February | 2019 | Monday | 4:47:55 PM

सबैभन्दा गर्मी दशकको संघारमा पृथ्र्वी

बीबीसी   POSTED ON : Monday, 11 February, 2019 (2:20:39 PM)

सबैभन्दा गर्मी दशकको संघारमा पृथ्र्वी

लन्डन । सन् १९७० यताकै सबैभन्दा गर्मी दशकको संघारमा विश्व आइपुगेको वैज्ञानिकहरूले बताएका छन् । ब्रिटेनको मौसम विभागले प्रक्षेपणअनुसार आगामी पाँच वर्षसम्म प्रत्येक वर्ष औद्योगिक युगभन्दा एक डिग्री सेल्सियस वा बढी हुनेछ । आगामी पाँच वर्षमा कुनै एक वर्ष औसतमा १.५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम भएको वर्ष पनि हुन सक्नेछ ।
जलवायु परिवर्तनको मुद्दामा १.५ डिग्री सेल्सियसलाई महŒवपूर्ण रूपमा लिइन्छ । यदि तथ्यांकसँग प्रक्षेपण मिलेमा सन् २०१४ देखि सन् २०२३ सम्मको दशक १५० वर्ष यताको सबैभन्दा गर्मी दशक हुनेछ । ब्रिटेनको मौसम विभागका अनुसार औद्योगिक युगको औसतमा एक डिग्री सेल्सियस तापक्रम बढी भएको पहिलो वर्ष सन् २०१५ थियो । त्यसयता प्रत्येक वर्ष विश्वको तापक्रम औसतमा एक डिग्रीको वरपर नै रहेको छ ।
आगामी पाँच वर्षमा यो बढ्न सक्ने विभागको प्रक्षेपण छ । ‘हामीले सन् २०२३ सम्मका लागि तापक्रम प्रक्षेपण गरेका छौं । त्यो प्रक्षेपणले तापक्रम नराम्ररी बढिरहेको देखाउँछ’, प्राध्यापक एडम स्काइफले भने, ‘प्रत्येक वर्षको तापक्रम हेरेर हामीले प्रक्षेपण गरेका हौं, र पहिलोपटक अस्थायी रूपमा भएपनि हामीले पेरिस सहमतीले राखेको महŒवपूर्ण १.५ डिग्री सेल्सियसको संघार नाध्ने देखिएको छ ।’
गत अक्टोबरमा संयुक्त राष्ट्रसंघले सो संघार नाध्दा हुने असरहरूको बारेमा व्याख्या गरेर एक प्रतिवेदन प्रकाशित गरेको थियो । सो प्रतिवेदनले सन् २०३० सम्ममा त्यो संघार नाध्न नदिनका लागि विश्वभरि व्यापक रूपमा कार्बन उत्सर्जन कम गर्नुपर्ने देखाएको थियो । ब्रिटेनको मौसम विभागले आगामी पाँच वर्षमा त्यसो हुनसक्ने सम्भावना १० प्रतिशत रहेको देखाएको छ ।
ब्रिटेनको मौसम विभागले आफ्नो प्रक्षेपणमा आफू ९० प्रतिशत विश्वस्त भएको जनाएको छ । सन् २०१९ देखि सन् २०२३ सम्ममा तापक्रम औसत १.०३ देखि १.५७ डिग्री सेल्सियससम्म बढ्ने र पृथ्वीका धुवीय विन्दुहरूमा ज्यादा तातो हुनेछ । आफ्नो विगतका प्रक्षेपणहरू मिलेको आधारमा यो प्रक्षेपण पनि मिल्ने दाबी अध्ययन समूहले गरेको छ ।
मौसम विभागको प्रक्षेपण अन्य जलवायुसम्बन्धी कार्य गर्ने संस्थाहरूले सन् २०१८ को तापक्रमको प्रतिवेदन निकालिरहेको बेला आएको छ । ती प्रतिवेदनहरूका अनुसार सन् २०१८ हालसम्मको चौथो सबैभन्दा गर्मी वर्षका बनेको थियो । विश्व मौसम विज्ञान संगठनले प्रकाशित गरेको तथ्यांकमा हालसम्मका सबैभन्दा गर्मी २० वर्षहरू सबै गएको २२ वर्षको अवधिमा भएको बताएको छ ।
‘तापक्रम मुद्दाको एक अंशमात्रै हो । यसको असरले धेरै देशका लाखौं मानिसलाई असर गर्छ जसको सन् २०१८ मा अर्थतन्त्र र प्रकृतिमा नराम्रो प्रभाव प¥यो’, संगठनका महासचिव पेटेरी तालसले भने । जलवायु परिवर्तन विज्ञहरूले ब्रिटेनको मौसम विभागको प्रक्षेपण आशातीत नै भएको बताएका छन् । ‘दुर्भाग्यवश मौसम विभागको प्रक्षेपण आश्चर्य होइन,’ ब्रिटिस अन्टार्टिक सर्भेकी डा. अन्ना जोन्सले भनिन्, ‘हामीले कार्बन उत्सर्जन कम नगरेसम्म औसत तापक्रम बढ्ने क्रम रोकिन्न ।’


Views: 69