25th April | 2019 | Thursday | 7:35:16 AM

राजनीतिक यात्रामा प्रियंका

एजेन्सी   POSTED ON : माघ २९, २०७५ (५:२९ AM)

राजनीतिक यात्रामा प्रियंका

नयाँदिल्ली । भारतीय कंग्रेस पार्टीकी नवनियुक्त महासचिव प्रियंका गान्धी आफ्ना दाजु राहुल गान्धीका साथ सोमबार उत्तर प्रदेशको राजधानी लखनउमा विशाल ¥यालीमा सहभागी भएकी छन् ।
पूर्वी उत्तरप्रदेशको जिम्मेवारीसहित अघिल्लो महिना पार्टीले प्रियंका गान्धीलाई महासचिव बनाएपछिको उनको यो पहिलो राजनीतिक ¥याली हो । यो ¥यालीलाई मूलधारको राजनीतिमा उनको प्रवेशका रूपमा लिइएको छ ।
१५ किलोमिटर लामो ¥यालीमा कंग्रेस समर्थक लाखौं मानिस सहभागी रहेको थिए । ¥यालीमा सहभागीहरूले उनको नामको नारा लगाएका थिए । आगामी मे महिनाभित्र हुने आमनिर्वाचनको तयारीका लागि ¥यालीको आयोजना गरिएको हो । मूल धारको राजनीतिमा प्रियंका गान्धीको आगमनले उत्तर प्रदेशमा कंग्रेस समर्थकमाझ उत्साह हृवात्तै बढेको बताइन्छ । उनी तीन दिनसम्म उत्तरप्रदेशमै रहने बताइएको छ । सत्तारुढ भारतीय जनता पार्टी बिजेपीको गढ मानिने उत्तरप्रदेशमा प्रियंका गान्धीलाई चुनावमा कंग्रेसलाई जिताउन उति सजिलो नभएको विश्लेषक बताउँछन् । बिजेपीले अघिल्लो आमनिर्वाचनमा राज्यको ८० मध्ये ७३ सिट जितेको थियो भने कंग्रेस केबल २ सिटमा सिमित बनेको थियो ।
कंग्रेसको महासचिव भएपछि औपचारिक वक्तव्य दिएकी प्रियंकाले आइतबार उत्तरप्रदेश र उत्तराखण्डमा विशाक्त मदिराका कारण ज्यान गुमाउनेप्रति समवेदना प्रकट गरेकी थिइन् । उनले भारतीय जनता पार्टी (बिजेपी) नेतृत्वको सरकारले अवैध मदिरा उद्योगलाई प्रोत्साहन गरेको आरोप लगाएकी छिन् । ‘उत्तर प्रदेश र उत्तराखण्डमा विशाक्त मदिरा सेवनका कारण एक सयभन्दा धेरैको ज्यान गएको घटनाप्रति म दुःखित छु । ती राज्यमा बिजेपी सरकारको सहयोगविना अवैध मदिरा उद्योग सञ्चालन हुनै सक्दैनन्,’ गान्धीले विज्ञप्ति जारी गर्दै भनेकी छिन् ।
उनले त्यहाँका बिजेपी सरकारले अवैध मदिरा उद्योगमाथि कडा कारवाहीका लागि समेत आहृवान गरेकी छन् । कंग्रेसले पूर्वी उत्तरप्रदेशको नेतृत्व गर्ने गरी महासचिव बनाएपछि अवैध मदिरा उद्योगका विषयमा गान्धीको यस्तो भनाइ आएको हो ।
उत्तराखण्डको बालुपुर गाउँमा एक अन्त्येष्टि कार्यक्रमपछि मानिसहरूले अवैध मदिरा पिउँदा हालसम्म कम्तीमा ९७ जनाको ज्यान गइसकेको छ भने प्रहरीले अवैध मदिरा उद्योग सञ्चालक तथा कारोबारी गरी २ सय जनाभन्दा धेरैलाई पक्राउ गरिसकेको छ ।


Views: 67