24th March | 2019 | Sunday | 8:27:13 AM

भारतमा मुस्लिममाथि विभेद भएको राष्ट्रसंघको निष्कर्ष

एजेन्सी   POSTED ON : फाल्गुन २४, २०७५ (७:०७ AM)

भारतमा मुस्लिममाथि विभेद भएको राष्ट्रसंघको निष्कर्ष

जेनेभा । पाकिस्तानसँग तनाव झेलिरहेको भारतलाई अन्तर्राष्ट्रिय समुदायबाट पनि तनाव थपिएको छ । अमेरिकाले भारतीय सामानको भन्सारमा दिँदै आएको सहुलियत हटाएको केही दिनपछि स्वीटजरल्याण्डमा बुधबार राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्त मिशेल बाचले भारतमा विभेदकारी नीति भएको बताएकी छन् । उनले ‘विभेदकारी नीतिले समृद्धि’ हुनसक्ने बताएको बिबिसीले जनाएको छ । 

मिशेलले भारतमा संकीर्ण राजनीति एजेण्डाका कारण समाजमा कमजोर रहेका मानिस पहिलादेखि नै पिछडिएको बताएकी छन् । उनले भनेकी छन्, ‘हामीलाई अल्पसंख्यकमाथि उत्पीडन भएका रिपोर्ट प्राप्त भएका छन् । खास गरेर मुस्लिम र ऐतिहासिकरूपबाट वञ्चित समूह दलित तथा आदिवासीमाथि उत्पीडन बढेको छ ।’ मिशेलले जेनेभामा संयुक्त राष्ट्रसंघ मानवअिधकारको वार्षिक प्रतिवेदन सार्वजनिक गर्दा यस्तो बताएकी हुन् । 

यसअघि गएको वर्ष राष्ट्रसंघको मानवअधिकार परिषद्ले राष्ट्रसंघले काश्मिरमा मानवअधिकारको गम्भीर उल्लंघन भएको र त्यसको जाँच गरिएको बताएको थियो । त्यो बला काश्मिरका विषयमा राष्ट्रसंघको प्रतिवेदनलाई भारतले खारेज गरेको थियो । भारतले काश्मिरका विषयमा राष्ट्रसंघको जाँच आफ्नो संप्रभुताको उल्लंघन र क्षेत्रीय एकताका विरुद्धमा भएको बताएको थियो । २०१६ मा अन्तर्राष्ट्रिय मानवधिकार संगठन हृयूमन राइट्स वाच र एमनेस्टी इन्टरनेशनलले वार्षिक प्रतिवेदनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारको आलोचना गरिएको थियो ।  एमनेष्टी इन्टरनेशनलले ग्रिनपिस र फोर्ड फाउण्डेशनको हवला दिँदै एनजिओ र कार्यकर्तालाई निशाना बनाएको र विदेश फण्ड रोकेकामा मोदी सरकारको आलोचना गरेको छ । यता हृयूमन राइट्स वाचको २०१६ को प्रतिवेदमा प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको अभिव्यक्ति स्वतन्त्रतामाथि भएको आक्रमण रोक्न असफल भएको बताइएको थियो । 


Views: 44