24th March | 2019 | Sunday | 8:21:59 AM

भारतको आम चुनावको मिति घोषणा

  POSTED ON : फाल्गुन २६, २०७५ (१:४० PM)

भारतको आम चुनावको मिति घोषणा

हिमालय टाइम्स काठमाडौं । भारतको आम चुनावको मिति घोषणा भएको छ । जस अनुसार मतदान सात चरणमा हुने बताइएको छ ।

अप्रिल ११ बाट सुरु हुने मतदान १९ मेमा सकिनेछ छ । पहिलो चरण अन्तर्गत ९० लोकसभाका लागि चुनाव हुने भएको छ ।

भारतीय चुनाव आयोगले आइतबार पत्रकार सम्मेलन गरी आम चुनावको तालिका सार्वजनिक गरेको हो ।

हरेक मतदान केन्द्रमा भोटर भेरिफिकेसन पेपर अडिट ट्रोल भीभीप्याटको व्यवस्था हुने मुख्य चुनाव आयुक्त सुनिल अरोडाले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् ।

सम्पूर्ण चुनावको नतिजा २३ मेमा सार्वजनिक भैसक्ने उनले बताए ।


Views: 53