27th May | 2019 | Monday | 5:56:14 AM

मलेसियाली नवनिर्वाचित राजाको संसदमा पहिलो सम्बोधन

रासस/सिन्हृवा   POSTED ON : फाल्गुन २९, २०७५ (५:५९ AM)

मलेसियाली नवनिर्वाचित राजाको संसदमा पहिलो सम्बोधन

क्वालालमपुर  । मलेसियाका नयाँ राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहले पहिलोपटक संसदमा सम्बोधन गरेका छन् । उनले सम्बोधनका क्रममा राष्ट्रिय एकताका लागि दललाई आहृवान गरेको जनाइएको छ ।

गत जनवरीमा देशको १६औँ राजाका रूपमा राज्याभिषेक गरेका अब्दुल्लाहले बहुसांस्कृतिक र बहुजातीय पक्षलाई विषेश महŒव दिन आग्रह गरेका छन् । ‘बहुजातीय जनसंख्या भएको मुलुकमा सबै एकताबद्ध भयो भने त्यो निकै ठूलो शक्ति बन्न सक्छ,’ उनले भने । विषेश गरी विश्व अर्थतन्त्रका चुनौतीलाई सामना गर्नेगरी नयाँ प्रविधि र नयाँ आर्थिक अवसरलाई उपयोग गर्नेतर्फ लाग्न सरकारलाई सुझाव उनले दिए । 

‘मलाई विश्वास छ, नयाँ धनी व्यक्ति तयार पार्नका लागि सरकारले नयाँ उद्यमी, नयाँ लगानीकर्ता र नयाँ अन्वेषकलाई प्रोत्साहन गर्नेछ,’ राजा अब्दुल्लाहले थपे । अहिले चलिरहेका साना तथा मझौला उद्यमलाई नयाँ प्रविधिको प्रयोग गरी अन्तर्राष्ट्रियस्तरमा हुनेगरी विस्तार र विकास गर्नुपर्नेमा उनको जोड थियो ।


Views: 63