27th May | 2019 | Monday | 4:56:13 AM

ब्रेक्जिट प्रस्ताव फेरि अस्वीकृत

रासस/एपी   POSTED ON : फाल्गुन ३०, २०७५ (६:५७ AM)

ब्रेक्जिट प्रस्ताव फेरि अस्वीकृत

लन्डन  । बेलायती तल्लो सदन हाउस अफ कमन्सले प्रधानमन्त्री थेरेसा मेद्वारा प्रस्तुत युरोपेली युनियनबाट बेलायत बाहिरिने (ब्रेपक्जिट) सम्बन्धी नयाँ प्रस्ताव फेरि बहुमतले अस्वीकृत गरेको छ । प्रधानमन्त्री मेले गत जनवरीमा ल्याएको पहिलो प्रस्ताव भारी बहुमतले अस्वीकृत गरेको थियो । 

आगामी मार्च २९ मा बेलायत युरोपेली युनियनबाट औपचारिकरूपमा बाहिरिने कार्यक्रम छ । अर्थात उक्त मितिदेखि इयुका नियम बेलायतमा लागू हुने छैनन् । त्यसअघि नै इयुसँग सम्झौता गर्ने प्रधानमन्त्री मेको दोस्रो प्रस्ताव असफल भएको हो । मंगलबार राति भएको मतदानमा प्रधानमन्त्रीको प्रस्ताव ३९१–२४२ ले अस्वीकृत भयो । प्रधानमन्त्री मेले नयाँ प्रस्तावमा इयुबाट कानुनी प्रत्याभूति प्राप्त भएको भन्दै संसद्ले आफ्नो प्रस्ताव स्वीकृत हुने विश्वास व्यक्त गरेकी थिइन् । 

प्रस्ताव अस्वीकृत भएसँगै प्रधानमन्त्री मेले आफू निकै दुःखी भएको प्रतिक्रिया दिइन् । खासगरी, इयुको सदस्य राष्ट्र आयरल्यान्ड र बेलायतको प्रान्तको रूपमा रहेको उत्तरी आयरल्यान्डबीचको सीमा खुला राख्ने, बन्द गर्ने वा आंशिक खुला गर्ने भन्नेमा बेलायती संसद्मा मतान्तर छ । 

आयरल्यान्ड र उत्तरी आयरल्यान्डबीच सीमा खुला राख्दा इयूका नियम बेलायतले पनि मान्नुपर्ने कानुनी जटिलता उत्पन्न हुने एकथरि सांसदको मत छ । दुबै आयरल्यान्डबीच सदियौंदेखि खुला सीमा र स्वतन्त्र आवागमन छ । 

इयुसँग सम्झौता नगरीकनै बेलायत इयुबाट बहिर्गमन हुनुपर्ने बाध्यता उत्पन्न हुँदैछ । संसदमा बिहीबार ब्रेक्जिटको समयसीमा मार्च २९ लाई बढाएर अरू तीन महिना थप्ने कि भन्ने विषयमा फेरि मतदान हुँदैछ । इयुसँग कुनै किसिमको सम्झौता बेगर नै बेलायत इयुबाट बाहिरिए बेलायतको अर्थतन्त्रमा ठूलो समस्या आउने विश्लेषण गरिएको छ ।

ब्रेजिक्ट अस्वीकृत भएसँगै संसदमा आगामी मार्च २९ मा बेलायतलाई विना कुनै सम्झौता इयुबाट बाहिरिनबाट रोक्ने कि नरोक्ने भन्ने विषयमा बुधबार मतदान हुँदैछ । ब्रेक्जिटसम्बन्धी प्रधानमन्त्री थेरेसा मेले प्रस्तुत गरेको परिमार्जन सहितको मस्यौदा प्रस्ताव मंगलबारको मतदानमा सांसदहरूले अस्वीकृत गरेका थिए । बेलायतको इयुबाट बहिर्गमनसम्बन्धी उक्त प्रस्ताव १४९ मतले संसदमा पराजित भएको थियो । यसैबीच बेलायत सरकारले कुनै सम्झौताविना इयुबाट बाहिरिनु पर्ने अवस्था आएमा इयु बाहिरबाट गरिने आयातमा कर कटौती गरिने र उत्तरी आयरल्याण्डमा पक्का सिमाना स्थापना गर्नुपर्ने अवस्थाबाट जोगिन विभिन्न उपायहरू गरिने बताएको छ । 

मंगलबार ब्रिटिश प्रधानमन्त्रीको नयाँ प्रस्ताव संसदमा पराजित भएपछि कुनै सम्झौताविना बेलायत इयुबाट बाहिरिएको अवस्था सम्बन्धी योजनाहरू बनाउनु ‘अब पहिलेभन्दा पनि बढी महŒवपूर्ण’ भएको इयुले जनाएको छ ।


Views: 74