20th July | 2019 | Saturday | 11:22:37 PM

कंग्रेसको घोषणा पत्रमा ४ सय ८७ प्रतिबद्धता

एजेन्सी   POSTED ON : चैत्र २०, २०७५ (७:५३ AM)

कंग्रेसको घोषणा पत्रमा ४ सय ८७ प्रतिबद्धता

नयाँदिल्ली । भारतमा यही अप्रिल ११ मा सुरु हुने लोकसभा निर्वाचनका लागि दलहरूबीच मतदातालाई लोभ्याउने प्रतिस्पर्धा भइरहेकाबेला मंगलबार प्रमुख विपक्षी दल अखिल भारतीय कंग्रेसले आप्mनो घोषणा पत्र जारी गरेको छ । कंग्रेस अध्यक्ष राहुल गान्धी र युपिए संयोजक तथा राहुलकी आमा सोनिया गान्धीले मंगलबार राजधानी दिल्लीमा पार्टीको चुनावी घोषणा पत्र मंगलबार जारी गरेका हुन् । घोषणा पत्रमा ५७ विषयमा ४ सय ८७ प्रतिबद्धता गरिएको छ । घोषणा पत्र जारी गर्दै कंग्रेस अध्यक्ष राहुल गान्धीले कुनै पनि झुटो प्रतिबद्धता नगरिएको बताए । उनले कंग्रेसले जितेमा हरेक गरिबको बैंक खामतामा वार्षिक ७२ हजार रुपैयाँ जम्मा गरिने बताए । उनले सन् २०२० सम्म रिक्त रहेका सरकारी दरबन्दी पनि परिपूर्ति गरिने बताए । देशमा २२ लाख दरबन्दी रिक्त रहेको भन्दै कंग्रेसले सरकारले बनाए ती पदहरू पूर्ति गरिने बताएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । कंग्रेसले प्रतिबद्धता जनाएमध्ये महŒवपूर्ण प्रतिबद्धता हो रोजगार । राहुल गान्धीले घोषण पत्र जारी गर्दै सरकारले १० लाख युवाहरूलाई ग्राम पञ्चायत (स्थानीय तह)मा रोजगारी दिने बताए । यस्तै, युवाहरूले व्यापार सुरु गर्न पनि कुनै अनुमति लिनुनपर्ने उनले प्रतिबद्धता गरेका छन् । गान्धीले रेलवेको जस्तै किसानको पनि छुट्टै बजेट पेस गरिने प्रतिबद्धता गरेको जनाइएको छ । गान्धीले कृषि ऋण चुक्ता गर्न नसक्ने किसानमाथि आपराधिक मुद्दा नलगाइनेसमेत बताए । उनले ऋण चुक्ता गर्न नसकेमा आपराधिक मुद्दा नबनाएर सार्वजनिक मुद्दा बनाइने बताए । 

यस्तै, कंग्रेसले घोषणा पत्रमा जिडिपीको ६ प्रतिशत शिक्षा बजेटमा खर्च गर्नेसमेत बताएको छ । राहुल गान्धीले स्वास्थ्यका विषयमा बोल्दै निजी बिमामा आधारित स्वास्थ्य बिमामा विश्वास नगर्ने भन्दै सरकारी निकायलाई बलियो बनाउने बताए । उनले यो विषयमा प्रधानमन्त्री नरेन्द्र मोदीको नीतिको पनि निकै आलोचना गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

सुरक्षाका विषयमा राहुल गान्धीले भने, ‘गएका वर्षहरूमा भाजपा सरकारले देशलाई विभाजन गर्ने काम गरेको छ । कस्मिरको उदाहरण सबैको सामुन्ने छ । जहाँ मृतकको संख्या दिनदिनै बढिरहेको छ । कंग्रेस पार्टीले देशलाई जोड्ने काम गर्नेछ । राष्ट्रिय र आन्तरिक सुरक्षामा हाम्रो जोड रहनेछ । कंग्रेसले आप्mनो घोषणा पत्रको नाम ‘जनघोषणा पत्र’ राखेको छ । जसमा लेखिएको छ ‘हामी पूरा गर्नेछौँ ।’ 

घोषणा पत्र सार्वजनिक गर्न आयोजित समारोहमा सोनिया गान्धी, मनमोहन सिंह र पी चिदम्बरसहित अन्य नेताहरू पनि सहभागी थिए । घोषणा पत्र जारी गर्नुभन्दा पहिला पूर्व–प्रधानमन्त्री मनमोहन सिंहले पछिल्लो सरकारको पालामा रोजगारीमा कमी आएको बताए । उनले किसानहरू पनि संकटमा परेको बताए ।


Views: 129