22nd May | 2019 | Wednesday | 2:40:13 AM

जेलभित्रबाट पनि राजनीतिको केन्द्रमा लालु

एजेन्सी   POSTED ON : चैत्र २५, २०७५ (५:५४ AM)

जेलभित्रबाट पनि राजनीतिको केन्द्रमा लालु

काठमाडौं  । छिमेकी मुलुक भारतमा लोकसभाको मतदान मिति नजिकिँदै छ । विभिन्न सात चरणमा हुने निर्वाचनको पहिलो चरण यही अप्रिल १२ मा मतदान हुनेछ । यो बीचमा नेताहरूले एकअर्कामाथि बोलीको वाण हानिरहेका छन् । यही बीचमा एक दृष्य देखिएको छ बिहारको राजनीतिमा । बिहारको राजीतिका अतुलनीय बादशाह मानिने आजेडी अध्यक्ष लालुप्रसाद यादव जेल सजायका कारण जेलमा छन् । हाल उनी उपचारका लागि राँचीको रिम्स अस्पतालमा भर्ती गरिएका छन् । यसकारण लालु चुनावी संग्राममा उत्रिने पनि छैनन् र उनको भाषण पनि सुनिने छैन । गएका ४ दशकको राजीतिमा पहिलोपटक हुनेछ जब लालुबिना बिहारमा चुनाव । 

यस्तोमा उनकै परिवारमा पनि ‘महाभारत’ सुरु भएको छ र आपूmलाई कृष्ण–अर्जुन भन्ने उनका दुई छोरा आमने–सामने छन् । यस्तोमा आरजेडीले आन्तरिक र बाहृय चुनौतीको सामना गर्नुपरेको छ । 

१९७० को दशकमा लालुले आप्mनो राजनीतिक यात्राको सुरुवात शून्यबाट गरेका थिए । सडकबाट संसद्सम्म संघर्ष गरेर बिहारका दलितहरू तगा पिछडिएकाहरूको आवाज बने । १५ वर्षसम्म बिहारको सत्तामा रहेका लालुलाई २००५ को विधानसभा निर्वाचनमा ठूलो झट्का लाग्यो । तर, मोदीको केन्द्रमा राजीतिक उदय भएपछि लालु आप्mनो पुरानो रंगमा देखिए । 

२०१४ मा हारबाट हरेश खाएको विपक्षलाई लालु जितको फर्मुला दिए । बिहारमा लालुले नीतिशसँग मिलेर महागठबन्धनको निर्माण गरे । बिहारमा यो गठबन्ध मोदी–शाहमाथि हाबी भयो । र, महागठबन्धनको पक्षमा भोटको वर्षात भयो । यसले भाजापाको जितको क्रम रोकिएको मात्र थिएन विपक्षमा एक आशा पलाएको थियो । लालुले एकपटक फेरि राजनीतिक दाउपेचमा उनको कोही जोडी छैन भन्ने देखाइदिए । 

बिहारको राजनीतिमा ४० वर्षपछि पहिलोपटक लालुप्रसाद यादव चुनावी रणभूमिमा देखिने छैनन् । लालुको अनुपस्थितिमा आरजेडीको कमाण्ड उनका छोरा तथा बिहारका पूर्व–उपमुख्यमन्त्री तेजस्वी यादवले सम्हालिरहेका छन् । तर, उनका लागि सबैभन्दा ठूलो टाउको दुखाइ उनकै ठूला दाइ तेजप्रताप बनेका छन् । 

आजेडी नेता तथा राज्यसभा सदस्य मनोज झाले एक सञ्चारमाध्यमसँग भनेका छन्, ‘लालुजीबिना बिहारको मात्र होइन उत्तर भारतको चुनावको कल्पना गर्न सकिँदैन । साँचो हो आरजेडीका लागि उनको अनुपस्थितिले महŒव राख्छ । तर, उनको उपस्थिति के कारणले के षड्यन्त्रले हो त्यसले बढी महŒव राख्छ । यस्तोमा जनता आप्mनो नेतालाई मैदानमा देख्न चाहन्छन् । तर, यस्तो हुन सकेन । सत्ता पक्षले लालुजी चुनावमा नरहुन् भन्ने पूरा कोसिस ग¥यो । बिहारका जनताले यसको कडा जवाफ दिने मुड बनाइसकेका छन् ।’ 

बिहारको राजनीतिलाई नजिकबाट देखेका वरिष्ठ पत्रकार हिमांशु मिश्रा भन्छन्, ‘लालु यादव जेलमा भए पनि तर मिथकका रूपमा अझै पनि बिहारको राजनीतिमा उपस्थित छन् । जेलमा भएर पनि लालुले जुन किसिमले दलहरूलाई जोडेर गठबन्धन बनाए र सिटको भागबण्डा गरे ।’ यसबाट स्पष्ट हुन्छ लालु आप्mनो अनुपस्थितिमा पनि दमदार उपस्थिति देखाउन सफल भएका छ । यसैले लालुको कोठाको खानतलासी गरियो ।

लालु जेलमा रहँदा एउटा गलत सन्देश गएको छ, त्यो हो उनका दुई छोरा मिलेका छैनन् । राजनीतिक विरासतका लागि दुवै छोरा आमने–सामने छन् । यस्तोमा यदि लालु बाहिर भएको भए परिवारको कलह सार्वजनिक हुने थिएन । यसका साथै सिपआईसँग जुन गठबन्धन हुन सकेमा उनी त्यसलाई समधान गर्ने थिए । जेलमा भएकाले यो मानेमा नोक्सान भएको छ । यसका साथै जेलमा रहँदा जुन वर्गमा सहानुभूति छ ऊ वर्ग सधँै उनको साथमा छ । मोदी लहरका बाबजुद आरजेडीले २० प्रतिशत मत प्राप्त गरेको थियो । यस्तोमा लालु जेलमा हुँदा यादव र मुस्लिम भोटिङ प्रतिशतमा वृद्धि हुनसक्छ ।

राजनीतिक विश्लेषक अलीगढ मुस्लिमका प्रोफेसर मोहम्मद सज्जाद भन्छन्– लालु यादव मैदान हुन् वा नहुन् तर उनको विचार त मानिसहरूको सामुन्ने आइरहेको छ । लालु जेलमा रहनुको आजेडीलाई राजनीतिक फाइदा हुनेछ । किनकि अपरक्लास र भाजापाले एक षड्यन्त्र गरेर लालुलाई जेलमा हालेको मान्नेहरू धेरै छन् । जबकि अन्य घोटालाका आरोपी बाहिर घुमिरहेका छन् । आरजेडीका नेताहरू लालु यादवलाई एक पीडितका रूपमा पेस गरिरहेका छन् । तर, उनी चुनावी मैदानमा नभएकाले उनको भाषण र अनौठो अन्दाज भने देखिने छैन । 

स्मरण रहोस् २०१४ को लोकसभा चुनावपछि लालु यादव यस्ता एक्लो नेता हुन् जसले नरेन्द्र मोदी र अमित शाहको विजय रथमा ब्रेक लगाएका थिए । लालुले नीतिश कुमारसँग दुस्मनी भुलेर हात मिलाए र नयाँ राजनीतिक समिकरण बनाए । यसको नतिजा २०१५ को विधानसभा निर्वाचनमा देखियो । मोदी–शाहको जोडीले हार व्यहो¥यो । 

तर, आरजेडी–जेडियुको गठबन्धन धेरै दिन टिक्न सकेन । २०१८ मा नीतिशले लालुलाई छोडेर भाजपासँग फेरि गठबन्धन गरे । जेडियु लोकसभा निर्वाचनमा भाजपा र एलजेपीसँग मिलेर मैदानमा उत्रिएको छ । उता, लालु यादवको राजनीतिक विरासत सम्हालेका तेजस्वी यादवले कांग्रेससहित कैयौं दलहरूसँग महागठबन्धन बनाएका छन् । 


Views: 95