21st July | 2019 | Sunday | 12:14:47 AM

ब्राजिलको बाँघ भत्किदा अझै पनि ३७ वेपत्ता

  POSTED ON : बैशाख १३, २०७६ (१:३९ PM)

ब्राजिलको बाँघ भत्किदा अझै पनि ३७ वेपत्ता

एजेन्सी । ब्राजिलको मिनास गेराइज राज्यमा तीन महिना अगाडि एक बाँध भत्किँदा भएको दुर्घटनामा परी अझै पनि ३७ व्यक्ति बेपत्ता रहेका अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।  

यस दुर्घटनामा परी २३३ जनाको शव फेला परेको थियो भने अझै पनि ३७ बेपत्ता रहेका बताइएको छ ।  अझै पनि कुकुरका साथै अन्य उपकरणको सहायताले बेपत्ता व्यक्तिको अवशेष खोजी कार्य जारी रहेको छ । 

ब्राजिलको राजधानी ब्रासिलियामा संघीय सभाले बिहीबार संसदीय अनुसन्धान नियोगलाई प्रकोपको कारण निर्धारण गर्न आदेश दिएको छ  ।

सो प्रकोपको कारण निर्धारण अन्तिम प्रतिवेदनका लागि १२० दिनको समय दिइएको छ । मिनास गराइज राज्यको  ब्रुमादिनहोमा सो बाँध रहेको थियो । रासस


Views: 123