24th August | 2019 | Saturday | 12:40:47 AM

भारतीय चुनाव : क्षेत्रीय दल बन्न सक्छन् ‘किंग मेकर’

एजेन्सी   POSTED ON : बैशाख ३१, २०७६ (१२:३८ PM)

भारतीय चुनाव : क्षेत्रीय दल बन्न सक्छन् ‘किंग मेकर’

नयाँदिल्ली । भारतमा जारी १७औं लोकसभा निर्वाचन अब अन्तिम चरणमा पुगिसकेको छ । विभिन्न सात चरण हुने मतदानमध्ये आइतबार छैटौं चरणको मतदान भएको भएसँगै ५४३ मध्ये ४८३ सिटमा मतदान भइसकेको छ । अब अन्तिम चरणमा ६० सिटका लागि मे १९ मा मतदान हुनेछ । 

निर्वाचन सकिँदै गर्दा केन्द्रमा कसको सरकार बन्छ भन्ने विश्लेषण पनि सुरु भइसकेको छ । चुनावी नतिजाको समय नजिकिँदै जाँदा प्रश्नहरू उब्जिएका छन् । कसको बहुमत आउला, वा कसैले बहुमत नपु¥याउला वा त्रिशंकु संसद बन्छकी । यस्तै प्रश्नहरूको सरेफेरोमा हाल भारतीय राजनीतिक गल्लीहरूमा चर्चा हुने गरेको छ । 

भारतीय जनता पार्टी (भाजपा)लाई २०१४ को आमनिर्वाचनमा प्रचुर बहुमत मिलेको थियो र राष्ट्रि लोकतान्त्रिक गठबन्धन (एनडीए)ले सरकार बनाएको थियो । यसअघि यसप्रकारको बहुमत १९८४ मा कंग्रेसले प्राप्त गरेको थियो । करिब ३० वर्षपछि केन्द्रमा कुनै एक दलले बहुमत प्राप्त गरेको थियो । य ि३० वर्षमा धेरैजसो तेस्रो विकल्पको नै साहारा लिइयो । जहाँ क्षेत्रीय र साना दलहरूले सरकार बनाउन महŒवपूर्ण भूमिका खेले ।

यसपटक पनि कुनै एक दलले बहुमत ल्याउने सम्भावना मुश्किल देखिएको छ । यस्तो किन हुँदैछ भन्ने विषयको जवाफ गएका तीन दशका क्रममा पार्टीहरूको प्रदर्शनमा लुकेको छ । १९८९ देखि २०१४ सम्म केन्द्रमा गठबन्धन सरकारहर रहे । यो अवधिमा कंग्रेसको प्रभुत्व रहृयो जुन विस्तारै खस्किँदै पनि गयो । जबकी यी वर्षमा भाजपा बलियो हुँदै गयो । यसका साथै अर्को ठूलो परिवर्तन पनि देखियो । राज्य स्तरमा क्षेत्रीय पार्टीहरूमा बलियो उभार आयो । जसले केन्द्रमा सरकार बनाउन महŒवपूर्ण भूमिका खेले । पछिल्ला तीन दशकमा क्षेत्रीय दलहरूको बल निकै बढेको छ । क्षेत्रीय र साना दलहरूको मत प्रतिशत र सिटको संख्या १९९६ पछि लगातार बढिरहेको छ । यहाँसम्मकी २०१४ मा भाजपालाइ बहुमत प्राप्त हुँदा पनि क्षेत्रीय पार्टीहरूलाई खासै नोक्सान भएन । 

रोचक कुरा के छ भने गएका चुनावहरूमा सबैभन्दा ठूला दुई पार्टी भाजपा र कंग्रेसको सिटमा उतारचढाव देखियो । भाजपलाई २००९ मा ११६ सिट प्राप्त भएका थिए जबकी २०१४ मा २८२ सिट प्राप्त भए । भाजपालाई १६६ सिटको बढत कंग्रेसको १६२ सिटको नोक्सानले भएको थियो । कंग्रेसले २००९ मा २०६ सिट जितेको थियो भने २०१४ मा जम्मा ४४ सिट जित्यो । यदि उत्तर प्रदेशलाई छोडिदिने हो भने थाकथित मोदी लहरले क्षेत्रीय दलहरूलाई केही फरक परेन । भारतका १३ राज्यमा क्षेत्रीय दलहरू बलिया छन् । असम, आन्ध्र प्रदेश, झारखण्ड, कर्नाटक, महाराष्ट्र, ओडिशा, पञ्जाव, तमिलनाडु, तेलंगना, उत्तर प्रदेश र पश्चिम बंगालमा क्षेत्रीय दल मजबुत छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार यो पटक चुनावमा कुनै एक दल वा व्यक्तिको लहर देखिँदैन । न भाजपाको लहर छ न विपक्षीको । यसैले यो पटक कस्तो जनादेश हुन्छ भन्ने स्पष्टरूपमा भन्न नसकिए पनि क्षेत्रीय दलहरू बलियो स्थितिमा हुने अनुमान गर्न सकिन्छ । यो पटक धेरै जसो क्षेत्रीय पार्टीहरूको प्रदर्शनमा धेरै फरक हु्ने पनि देखिँदैन । न उनीहरूको मत राष्ट्रिय पार्टीतर्फ जानेछ । रोचक कुरा के छ भने आन्ध्र र तमिलनाडु जस्ता केही राज्य यस्ता छन् जहाँ एक क्षेत्रीय दलको विकल्प अर्को क्षेत्रीय दल हुन्छ । यहाँ राष्ट्रिय दलतर्फ उनीहरूको मत जाँदैन । 

२०१४ को चुनावमा धेरैजसो राज्यमा बहुकोणीय प्रतिस्पर्धा भएको थियो । तर, यो पटक राज्य स्तरमा विभिन्न गठबन्धनका कारण धेरैजासे सिटमा सिधासिधा प्रतिस्पर्धा देखिएको छ र क्षेत्रीय दल बलियो देखिएका छन् । यदि उनीहरूको समिकरणले काम गर्यो भने यो चुनावमा उनीहरूको प्रदर्शन राम्रो हुनेछ । त्यसैले जुन पार्टीले धेरै सिट जित्नेछ उसैले केन्द्रमा सरकार बनाउनका लागि क्षेत्रीय दलमाथि निर्भर हुनुपर्नेछ र गठबन्धन सरकार बन्नेछ ।


Views: 75