20th September | 2019 | Friday | 9:08:43 AM

भारतमा नरेन्द्र मोदी पुनः प्रधानमन्त्री बन्ने निश्चित

  POSTED ON : जेठ १०, २०७६ (८:२८ AM)

भारतमा नरेन्द्र मोदी पुनः प्रधानमन्त्री बन्ने निश्चित

काठमाडौं  । भारतमा सम्पन्न लोकसभा चुनावमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) भारी मतका साथ विजयी भएको छ । योसँगै भाजपा नेता नरेन्द्र मोदी पुनः प्रधानमन्त्री बन्ने निश्चित भएको छ । 

मतगणनाको शुक्रबार बिहानसम्मको सम्मको मत परिणाम अनुसार भाजपा ३५२ स्थानमा अग्रता लिएको छ भने प्रमुख प्रतिपक्षी कङ्ग्रेस आईले ८६ स्थानमा मात्र अग्रता कायम गरेको छ । १०४ सिटमा क्षेत्रीय दलहरुले अग्रता लिएका छन् । 

१६ औँ लोकसभा चुनाव, सन् २०१४ मा भाजपाले नरेन्द्र मोदीको अगुवाईमा एक्लै २८२ सिट जितेर बहुमत प्राप्त गरेको थियो । सन् १९८४ पछि भारतमा पहिलोपटक कङ्ग्रेसले बहुमत प्राप्त गरेको थियो भने सन् २०१४ मा ४४ सिटमा खुम्चिन पुग्यो । 

चार पटकसम्म भारतको गुजरातका मुख्यमन्त्री बनिसकेका मोदीका कारण भाजपा आज यो सफलताको शिखरमा पुगेको सो दलका नेताहरूले नै स्वीकार गरेका छन् । 

चुनावमा मोदीलाई केन्द्रमा राखेर अभियान चलाएको थियो । प्रधानमन्त्री मोदीले आफ्नो पहिलो कार्यकालमा विदेशमा रहेको कालोधन र अकुत आर्जनलाई नियन्त्रण गर्न उठाएको ‘डिमोनिटाइजेसन’ को कदमको प्रशंसासँगै केही आलोचना पनि सहनुप¥यो । ग्रामीण क्षेत्रमा विकास निर्माण, सडक सञ्जाल विस्तार, विपन्नका लागि खाना पकाउने ग्याँसको मूल्यमा कटौती, ग्रामीण शौचालय योजना, स्वास्थ्य बिमा जस्ता कार्यक्रमले उनको कार्यकाललाई सफल बनाएको भाजपाको दावीे छ । 

भारतको बडोदरा सहरबाट झन्डै २०० किलोमिटर टाढा रहेको वदनगरमा एक चिया पसलेको घरमा मोदीको जन्म भएको हो । परिवार र मित्रहरुसँग खासै सामीप्यतामा रुचि नराख्ने मोदी युवा अवस्थामा घर त्यागेर बाहिरिएका थिए । 

वर्ष २०१४ को चुनावमा उम्मेदवारी दर्ता गराउने क्रममा आफ्नो श्रीमतीको नाम लेखेपछि पहिलोपटक मोदी विवाहित रहेको खुलेको थियो । किशोर अवस्थामा नै उनको विवाह जशोदाबेनसित भयो । तीन वर्षसँगै बिताएपछि उहाँ घर त्यागेर बाहिरिए । 

जीवनको पूर्वाद्धमै मोदी राष्ट्रिय स्वयंसेवक संघमा आबद्ध भए । र पूर्णकालीन कार्यकत्र्ता भए । मोदीले लामै समय स्वयंसेवक संघमा आबद्ध भई बडोदरामा आफ्नो जिवनको महत्वपूर्ण समय व्यतित गरे । पार्टीमा आबद्ध हुँदा सक्षम नेतृत्वकलाको विकास भइसकेको मोदीले १३ वर्षसम्म गुजरात प्रान्तको मुख्यमन्त्रीको जिम्मेवारी सम्हाले । गुजरातलाई आर्थिक शतिmकेन्द्र बनाउन मोदीको श्रेय रहेको भारतीय अर्थ्विद्हरु बताउँछन् । 

सन् २०१३ मा भारतीय जनता पार्टीले मोदीलाई आफ्नो नेता चुन्यो । एकवर्षपछि उनी प्रधानमन्त्री निर्वा्चित भएका थिए ।

मोदीले पहिला विकासका नारामा जितेका थिए । यसपटक राष्ट्रवादलाई बढावा दिएका थिए । भारत आफैंमा महाभारत हो । चुनावी कुरुक्षेत्रका दाउपेच र पहेली सजिलै बुझ्न मुस्किल छ । अहिले यति बुझ्न सकिन्छ, उनको एकल कठोर नेतृत्वशैलीले व्यापक विविधतासहितको ठूलो देशलाई उकास्ने भानमा आश्वस्त पार्‍यो । विपक्षी दलहरूको मोदीविरुद्धको अभियानले काम गरेन । 

एजेन्सी


Views: 135