20th September | 2019 | Friday | 9:03:44 AM

अन्तिम नतिजा नआउँदै भाजपा सुविधाजनक बहुमतमा

  POSTED ON : जेठ १०, २०७६ (१:२४ PM)

अन्तिम नतिजा नआउँदै भाजपा सुविधाजनक बहुमतमा

नयाँ दिल्ली । भारतीय संसदको तल्लो सदन लोकसभा निर्वाचनको अन्तिम नतिजा नआउँदै भारतीय जनता पार्टी सुविधाजनक बहुमतमा पुगेको छ ।

 नतिजा अन्तिम चरणमा पुगेको छ ।  भारतीय सञ्चार माध्यामले जनाए अनुसार दिउँसो १ बजेसम्म ५४२ सीट मध्ये ५३३  सीटको नतिजा आइसकेको छ । अब ९ स्थानको मात्रै नतिजा आउँन बाँकी छ । 

जस मध्ये भारतीय जनता पार्टीले सुविधाजनक बहुमत प्राप्त गरेको छ । भाजपाले  ३०१ स्थानमा जित हात पारेको छ । कंग्रेस आईले ५२ सीत जितेको छ । भारतीय जनता पार्टी र उसको नेतृत्वको एनडीए ९नेसनल डेमोक्रेटिक एलायन्स० ले ३४९ सीट जितेका छन् । 

उता कांग्रेस नेतृत्वको गठबन्धन यूपीए ९युनाइटेड प्रोग्रेसिभ एलायन्स० ले ९१ सीट जितेका छन् ।  अन्य दलले ९३ स्थानमा जितेका छन् ।

मतगणना गर्न बाँकी ९ मध्ये भारतीय जनता पार्टीले २ स्थानमा अग्रता कायम गरेको छ । दुवै गठबन्धनबाहेकका अन्य दलको ६ स्थानमा अग्रता छ । 

शुक्रबार साँझसम्ममा सबै नतिजा सार्वजनिक हुने निर्वाचन आयोगलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् । 

एजेन्सी


Views: 161