27th June | 2019 | Thursday | 5:12:27 PM

बेलायतकी प्रधानमन्त्री मेले गरिन् राजीनामा दिने घोषणा

  POSTED ON : जेठ १०, २०७६ (१२:०८ PM)

बेलायतकी प्रधानमन्त्री मेले गरिन् राजीनामा दिने घोषणा

लन्डन । बेलायतकी प्रधानमन्त्री थेरेसा मेले पदबाट राजीनामा दिने घोषणा गरेकी छन्। 

डाउनिङ स्ट्रिटमा आफ्नो सम्वोधनको क्रममा मेले २०१६ मा भएको जनमतसंग्रहको परिणामको सम्मान गर्न आफुले पुरै कोशिस गरेको बताइन।

उनले ७ जुन कन्जरभेटिव पार्टीको नेताबाट राजीनामा दिने बताएकी छन् । 

‘म छिट्टै पदबाट राजीनामा दिनेछु, यो पदमा रहनु मेरो जीवनको सबैभन्दा ठूलो सम्मान हो। म प्रधानमन्त्री पदमा रहने दोस्रो महिला प्रधानमन्त्री बनें । तर, यो नै महिलाको रुपमा अन्तिम प्रधानमन्त्रीको कार्यकाल हुनेछैन ।,’ उनले आफ्नो भाषणको अत्यमा भनेकी थिइन् ।


Views: 129