19th September | 2019 | Thursday | 8:29:37 PM

हङकङको प्रदर्शनमा विदेशीको हात रहेको चीनको आरोप

बीबीसी   POSTED ON : जेठ २८, २०७६ (१०:४३ AM)

हङकङको प्रदर्शनमा विदेशीको हात रहेको चीनको आरोप

बेइजिङ । हङकङमा प्रहरी र प्रदर्शनकारीहरूबीच हिंसात्मक झडप भएका छन् । सुपुर्दगीसम्बन्धी एउटा प्रस्तावित कानुनको विरोधमा भएको प्रदर्शनमा लाखौं मानिस सहभागी भएका थिए । प्रदर्शनकारीहरूलाई उक्त प्रस्तावित कानुनले चीनलाई हङ्कङस्थित आप्mना राजनीतिक विपक्षीलाई निसाना बनाउन सहयोग पु¥याउने डर छ ।

चिनियाँ सञ्चारमाध्यमले हङ्कङको प्रदर्शनमा विदेशी शक्तिको हात रहेको आरोप लगाएका छन् । विदेशी शक्तिहरूले चीनलाई चोट पु¥याउन हङ्कङमा विध्वंश निम्त्याउन खोजेको त्यहाँको सरकारी सञ्चारमाध्यमले उल्लेख गरेको छ । सेतो पोसाकमा देखिएका सहभागीहरूले चर्को गर्मीमा पनि आइतबार कैयौं घण्टा प्रदर्शन गरेका थिए । ठूलो संख्यामा व्यवसायीका साथै कानुनका विद्यार्थी, धार्मिक समूह र प्रजातन्त्र पक्षधर व्यक्तिहरू सहभागी प्रदर्शन मुख्यरूपमा शान्तिपूर्ण थियो ।

भीडको संख्या अनुमान गर्न अपनाइएको मापदण्डका कारण आयोजक र प्रहरीले दिएको तथ्यांकमा ठूलो अन्तर छ । हङ्कङकी नेत्री क्यारी लामले विरोध भए पनि सुपुर्दगीको योजना फिर्ता नगर्ने बताएकी छन् । सोमबार संवाददाताहरूसँग कुरा गर्दै हङ्कङकी कार्यकारी प्रमुख ल्यामले सो कानुन आवश्यक रहेकोमा जोड दिँदै मानव अधिकारको रक्षा हुने बताइन् ।

प्रदर्शनकारीहरूले विरोध ¥यालीमा १० लाख मानिस सहभागी भएको बताएका छन् । उनीहरूका अनुसार दुई दशकभन्दा बढी समयदेखि यति ठूलो प्रदर्शन भएको थिएन । तर, त्यसमा बढीमा दुई लाख ४० हजार मात्र सहभागी थिए भन्ने प्रहरीको भनाइ छ । आयोजकहरूको अनुमान ठीक हो भने यो सन् १९९७ मा हङ्कङ चीनलाई हस्तान्तरण गरिएयता त्यहाँ भएको सबैभन्दा ठूलो प्रदर्शन हुनसक्छ । ¥याली सम्पन्न भएपछि प्रहरीसँग सयौं प्रदर्शनकारीहरूको झडप भएको थियो ।

मुकुन्डो लगाएका कतिपय प्रदर्शनकारीहरू प्रहरीले खडा गरेको अवरोध पन्छाएर विधान परिषद्को भवनमा प्रवेश गर्न खोजेका थिए । त्यसपछि प्रहरीले अश्रुग्याँस र लाठी प्रहार गरेको थियो । दुवै पक्षका केहीको अनुहार रगताम्य देखिएको थियो । त्यसले, त्यहाँका प्रहरी प्रमुखका भनाइमा शान्तिपूर्ण प्रदर्शन हुने हङ्कङको परम्परा अन्त्य गरेको छ । 

आलोचकहरूका अनुसार कानुनमा गरिएको परिवर्तनपछि हत्या र बलात्कारजस्ता आपराधिक आरोप लागेका अभियुक्त आपूmसमक्ष सुपुर्दगी गर्न चीन, ताइवान र मकाउका अधिकारीहरूले आग्रह गर्न सक्छन् । त्यसबारे मुद्दा हेरेर निर्णय गर्न सकिनेछ । हङ्कङका अधिकारीहरूले आग्रहअनुसार सुपुर्दगी गर्ने अनुमति दिने वा राजनीतिक वा धार्मिक अपराधका सन्दिग्धलाई सुपुर्दगी नगर्ने अन्तिम अधिकार हङकङको अदालतमा रहेको बताएका छन् । सरकारले कम्तीमा सात वर्षको जेल सजाय पाएर भागेकालाई सुपुर्दगी गर्नेजस्ता कुरामा सर्वसाधारणलाई आश्वस्त पार्न खोजेको छ । चिनियाँ न्याय प्रणालीअन्तर्गत सर्वसाधारण स्वेच्छाचारी गिरप्mतारी, अन्यायपूर्ण मुद्दा र यातनाको दिकार हुन सक्ने मत राख्नेहरू ठूलो संख्यामा छन् । 

गत वर्षको फेब्रुअरी महिनामा हङ्कङका १९ वर्षीय युवामाथि ताइवानमा बिदा मनाउन सँगै गएकी आप्mनी २० वर्षीया गर्भवती प्रेमिकाको हत्या गरेको अभियोगपछि कानुन संशोधनको उक्त प्रस्ताव आएको छ । ती युवा ताइवानबाट भागेर हङ्कङ फर्किएका थिए । ताइवानका अधिकारीहरूले उनलाई सुपुर्दगी गर्न हङ्कङका अधिकारीहरूलाई आग्रह गरेका थिए । तर, ताइवानसँगको सुपुर्दगी सम्झौताको अभावका कारण त्यसो गर्न नसकिने उत्तर हङ्कङका अधिकारीहरूको थियो । 

कुनै बेला ब्रिटेनको उपनिवेश रहेको हङ्कङ सन् १९९७ मा चीनलाई फिर्ता गरिएयता ‘एक देश दुई प्रणाली’ को सिद्धान्तअन्तर्गत अर्धस्वायत्त छ । हङकङमा छुट्टै कानुन छ र त्यहाँका बासिन्दाले मुख्य भूमि चीनका नागरिकले नपाउने नागरिक स्वतन्त्रताको उपभोग गर्छन् । २० वटा देशसँग हङकङको सुपुर्दगी सम्झौता छ । तर, गत दुई दशकदेखि जारी सहमतिका प्रयासका बीच पनि चीनसँग त्यस्तो सम्झौताको टुंगो लाग्न सकेको छैन ।


Views: 93