27th June | 2019 | Thursday | 4:54:39 PM

भेनेजुएला–कोलम्बियाको सिमाना चार महिनापछि खुल्यो

एजेन्सी   POSTED ON : जेठ २८, २०७६ (७:०१ AM)

भेनेजुएला–कोलम्बियाको सिमाना चार महिनापछि खुल्यो

काराकास । भेनेजुएला र कोलम्बियाको सिमाना चार महिनापछि पहिलोपटक खुल्दा दसौं हजार मानिसहरूले सीमा पार गरेको अधिकारीहरूले बताएका छन् । यो सीमा फेब्रअरी महिनामा विपक्षी नेता ख्वान ग्वाइदोले अमेरिकी समर्थनको मानवीय सहायता भित्र्याउने तयारी गरेपछि राष्ट्रपति निकोलस मदुरोको अनुरोधमा बन्द गरिएको थियो ।

देशमा वर्षौं लामो आर्थिक संकटका कारण आधारभूत कुराहरूको अभाव हुँदै आएको छ । संयुक्त राष्ट्रसंघीय निकायहरूका अनुसार सन् २०१५ यता ४० लाख मानिसले भेनेजुएला छोडेका छन् ।

कोलम्बियाको विदेश मन्त्रालयका अनुसार शनिबार ३० हजार भेनेजुएलाका नागरिकहरू आइपुगेका छन् । विपक्षीहरूले विदेशी सहायता ल्याउने कार्यक्रम सुरु गरेपछि मदुरोले त्यो कार्य आपूmलाई हटाउन गरिएको प्रयत्नको एक अंश भन्दै विरोध गरेपछि कोलम्बिया, ब्राजिल र डच एन्टिलेस आइल्यान्डहरूसँगको सीमा यो वर्षको सुरुतिर बन्द गरिएको थियो । गत महिना मदुरोले ब्राजिल र आइल्यान्ड अफ अरुबासँगको सीमा खोल्ने घोषणा गरेका थिए तर अरुबाका अधिकारीहरूले सीमा बन्द रहने जनाएका छन् ।

कोलम्बियासँगको सीमा खोल्ने घोषणा ट्वीटरमा गर्दै मदुरोले उनको देशमा संकट बढ्नुको आरोप वासिंगटन नेतृŒवको आर्थिक युद्धमाथि लगाए । आधारभूत आवश्यकताका लागि कोलम्बियामाथि भरपर्ने गरेका सीमा क्षेत्रमा रहेका भेनेजुएलाका सहरहरूमा सीमा बन्दले निकै समस्या पारेको थियो । त्यस बीचमा कैयौंले अवैधानिकरूपमा सीमा पार गरेका थिए । जसले गर्दा सीमा क्षेत्रमा रहेका अपराधीहरूलाई शुल्क बुझाउनुपरेको थियो । बन्द हुनुअघि सिमोन बोलिभर अन्तर्राष्ट्रिय पुल हरेक दिन ३० हजार मानिसले पार गर्ने गरेको एएफपी समाचार एजेन्सीले जनाएको छ ।

विपक्षी नेता तथा नेसनल असेम्बलीका अध्यक्ष ग्वाइदोले मदुरोको पुनर्निर्वाचन अवैधानिक भन्दै आफैलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि संकट झन् गहिरिएको छ ।

त्यसयता उनलाई अमेरिका र धेरैजसो ल्याटिन अमेरिकीलगायत ५० देशले समर्थन गरिसकेका छन् । तर, मदुरोलाई त्यहाँको सेना तथा महŒवपूर्ण राष्ट्रहरू चीन र रुसको समर्थन प्राप्त छ ।

यसैबीच हलिवुड नायिका तथा संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय युनएचसीआरकी विशेष दूत एन्जेलिना जोलीले भेनेजुएलाका शरणार्थी रहेका मुलुकहरू कोलम्बिया, एक्वेडर र पेरुलाई विशेष सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेकी छन् । 

उनले कोलम्बियाका राष्ट्रपतिलाई भेटेपछि भेनेजुएलाका विस्थापित परिवारबाट जन्मिएका २० हजार बालबालिकाहरू उनका बाबुआमा आधारभूत आवश्यकताका लागि संघर्ष गरिरहँदा राज्यविहीन हुने खतरा बढेको बताएकी छन् । शुक्रबार युएनएचसीआर र अन्तर्राष्ट्रिय आप्रवासीसम्बन्धी राष्ट्रसंघीय संस्था आइओएमले भेजेजुएलाका मानिसहरू ‘अहिले आप्mनै देशबाट विस्थापित हुने सबभन्दा ठूलो समूहमध्ये एकमा पर्ने’ बताएको थियो ।


Views: 63