8th December | 2019 | Sunday | 9:25:34 AM

बिहारमा लु र इन्सेफ्लाइटिसको महामारी, संकटकाल घोषणा

एजेन्सी   POSTED ON : असार ३, २०७६ (११:०९ AM)

बिहारमा लु र इन्सेफ्लाइटिसको महामारी, संकटकाल घोषणा

नयाँदिल्ली । भारतको बिहारमा तातो हावा लु र मस्तिष्क ज्वरो (इन्सेप्mलाइटिस) ले महामारीको रूप लिएपछि बिहार सरकारले संकटकाल घोषणा गरेको छ । ‘लु’ का कारण तीन दिनमा करिब १ सय ४८ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । ‘लु’ का कारण औरंगाबादमा मात्र ४७ जनाको मृत्यु भएको छ । 

सरकारले आगामी २२ जुनसम्म सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । लुको प्रकोपकै कारण धारा १४४ लागू गरिएको जनाइएको छ । त्यस्तै, बिहारमा निर्माण कार्य, खुला स्थानमा सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म आयोजना गर्न प्रतिबन्ध लगाइएको छ । बिहारको गया जिल्लाका जिल्ला अधिकारी अभिषेक सिंहले भीषण गर्मी र लुका कारण विभिन्न निर्देशन जारी गरिएको बताएका छन् । उनले धारा १४४ लागू रहेको अवधिमा सार्वजनिक, राजनीतिक कार्यक्रम, धर्ना प्रदर्शन र खुला स्थानमा कुनै कार्यक्रम आयोजना गर्न नपाइने भनेका छन् । 

उता बिहारको मुजफरपुरमा इन्सेप्mलाइटिसबाट १ सय २७ भन्दा बढी बालबालिकाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । श्रीकृष्ण मेडिकल कलेजका सुपरिन्टेन्डेन्ट सुनिलकुमार शाहीका अनुसार उपचारका लागि कलेजको अस्पतालमा भर्ना भएका ८३ बालबालिकाको मृत्यु भएको छ । मुजफरपुरकै केजरीवाल अस्पतालमा भर्ना भएका अरू १७ बालबालिकाको मृत्यु भएको छ ।

इन्सेप्mलाइटिसबाट मृत्यु भएका व्यक्तिका परिवारलाई जनही चार लाख भारतीय रुपैयाँ उपलब्ध गराउने बिहारका मुख्यमन्त्री नितिश कुमारले घोषणा गरिसकेका छन् । मुख्यमन्त्री नितिश कुमारले रोगविरुद्ध लड्न सबै स्वास्थ्य निकायहरूलाई सक्रियतापूर्वक काममा जुट्न निर्देश गरेका गरेका छन् । इन्सेप्mलाइटिस भएमा यसले उच्च ज्वरो आउने, टाउको दुख्ने र पक्षाघातसमेत हुने गर्दछ । गत साता बिहारका स्वास्थ्यमन्त्री मंगल पाण्डेले विज्ञहरूको टोलीले इन्सेप्mलाइटिस रोग लाग्नुका मुख्य कारणहरूको पहिचान गरेको बताएका थिए । 

यसैबीच बिहारमा मस्तिष्क ज्वरोका कारण बालबालिकाको मृत्युपछि केन्द्रीय स्वास्थ्यमन्त्री हर्षवद्र्धन र राज्यका स्वास्थ्यमन्त्री मंगल पाण्डेयविरुद्ध जिल्ला अदालत मुज्फफरपुरमा मुद्दा दायर गरिएको छ । सामाजिक कार्यकर्ता तमन्ना हासमी लगायतले अदालतमा मुद्दा दायर गरेका हुन् । समाचारअनुसार सो मुद्दामा आगामी जुन २४ मा सुनुवाई हुनेछ । भारतमा पछिल्ला दश वर्षहरूमा मस्तिष्क ज्वरोका कारण कम्तीमा ४ सय ७१ जनाको मृत्यु भएको छ । जम्मा बिरामी १ हजार ४ सय १७ मध्ये यो संख्यामा मृत्यु भएको हो ।


Views: 104