21st October | 2019 | Monday | 11:04:59 PM

हातखुट्टा बाँधेर नदीमा पसेका जादुगर बेपत्ता

एजेन्सी   POSTED ON : असार ३, २०७६ (११:११ AM)

हातखुट्टा बाँधेर नदीमा पसेका जादुगर बेपत्ता

नयाँदिल्ली । भारतका एक प्रख्यात जादुगर हातखुट्टा बाँधेर जादु देखाउन नदीमा छिरेपछि बेपत्ता भएका छन् । उनको मृत्यु भएको आशंका गरिएको छ । पश्चिम बंगालको कोलकातास्थित हुग्ली नदीमा छिरेका चन्चल लाहिरी सुरक्षितरूपमा बाहिर आउने अपेक्षा गरिएको थियो । तर, उनी पानीभित्रै हराए । 

मानिसहरू उनी पानीमा छिरेको हेर्न जम्मा भएका थिए । तर, पछि ती जादुगर बाहिर ननिस्किएपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । ६ वटा ताला लगाइएको साङ्लोले उनको खुट्टा बाँधिएको थियो । उनलाई एउटा डुंगाबाट पानीमा ओरालिएको थियो । नदीमा दुईवटा डुंगामा बसेर तथा माथि पुल र नदी किनारमा भेला भएर मानिसहरूले त्यो रमिता हेरेका थिए । प्रहरी र गोताखोरहरूले नदीमा आइतबार साँझ खोजी गरेका थिए । तर, लाहिरी भेटिएनन् । 

एक अधिकारीले हिन्दुस्तान टाइम्स पत्रिकालाई बताएअनुसार शव नभेटिएसम्म उनलाई मृत घोषणा गर्न सकिँदैन । एउटा स्थानीय पत्रिकाका लागि फोटो खिच्ने जयन्त स पनि लाहिरीको जादु हेर्न गएका थिए । जादुको काम सुरु हुनुभन्दा अगाडि आपूmले लाहिरीसँग कुरा गरेको उनले बताए । उनी भन्छन्, ‘किन ज्यान जोखिममा पारेर जादु देखाउन लागेको भनेर सोधेको थिएँ । उनी हाँसे र भने ‘मैले राम्ररी गरे भनेँ यो जादु हुन्छ । मैले गल्ती गरेँ भने यो दुःखान्त हुन्छ ।’ ती जादुगरले मानिसहरूमा ‘जादुप्रति रुचि जगाउन’ त्यसो गर्न खोजेको सलाई बताएका थिए ।

पानीभित्र जोखिमपूर्ण जादु देखाउने यो उनको पहिलो प्रयास भने थिएन । २० वर्षअघि एउटा सिसाको बाकसमा राखेर उनलाई पानीभित्र छोडिएको थियो । त्यतिबेला उनी सकुशल बाहिर आएका थिए । सले त्यो जादु पनि हेरेका थिए । ‘उनी यसपालि पानीबाहिर आउँदैनन् भन्ने मैले कल्पना पनि गरेको थिइनँ,’ उनले भने ।


Views: 127