19th October | 2019 | Saturday | 7:25:56 AM

दक्षिण कोरियाका राष्ट्रपति र साउदी राजकुमारबीच भेटवार्ता

  POSTED ON : असार ११, २०७६ (७:१६ PM)

दक्षिण कोरियाका राष्ट्रपति र साउदी राजकुमारबीच भेटवार्ता

एजेन्सी । दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इन र साउदी अरेबियाका राजकुमार मोहमद बिन सलमानबीच सोलस्थित बुधबार भेटवार्ता भएको छ । 

दक्षिण कोरियाली राष्ट्रपति कार्यालय ब्लु हाउसले उक्त जानकारी दिएको छ । दुई दिने भ्रमणको क्रममा राजकुमार सलमान आज बिहान सबेरै दक्षिण कोरिया आइपुगेका थिए ।

सलमानले २१ वर्षपछि दक्षिण कोरियाको यो पहिलो भ्रमण भएको बताइएको छ । यसअघि १९९८ मा उनले दक्षिण कोरियाको भ्रमण गरेका थिए । 

राष्ट्रपति मुन र राजकुमार सलमानबीच भएको छलफलपछि प्रकाशित संयुक्त विज्ञप्तिमा दुई देशबीच सुचना र सञ्चार प्रविधि,स्वास्थ्य, सांस्कृतिक र शिक्षालगायत विभिन्न क्षेत्रमा सहकार्य बढाउने सम्झौता भएको बताइएको छ  ।


Views: 89