7th December | 2019 | Saturday | 7:43:23 PM

भारतले गर्यो चन्द्रयान–२ को प्रक्षेपण

  POSTED ON : श्रावण ६, २०७६ (५:१३ PM)

भारतले गर्यो चन्द्रयान–२ को प्रक्षेपण

एजेन्सी । भारतले चन्द्रयान–२ को प्रक्षेपण गरेको छ । 

भारतीय समय अनुसार २ बजेर ४३ मिनेटमा चन्द्रयान २ को प्रक्षेपण गरिएको हो ।

भारतीय टेलिभिजनहरुले चन्द्रयान प्रक्षेपण भएको दृश्य प्राथमिकताका साथ प्रसारण गरेका छन् । 

चन्द्रयान ४८ दिन लगाएर चन्द्रमाको सतहमा पुग्नेछ । ७ सेप्टेम्बर सन् २०१९ मा चन्द्रमाको दक्षिणी ध्रुवमा हल्का अवतरण गर्नेछ । चन्द्रयान अवतरण भएमा भारत चन्द्रमाको दक्षिणी ध्रुवमा यान अवतरण गर्ने पहिलो देश बन्नेछ ।

१५ करोड डलरको महत्वाकांक्षी योजना सफल गराउन भारतीय वैज्ञानिकहरुले लामो तयारी गरेका थिए । 

भारतले एक दशकभित्र चन्द्रमामा मानवसहितको यान पठाउने तयारी गरिरहेको छ ।

यसअघि १५ जुलाईमा उड्नै लाग्दा प्रक्षेपण स्थगित गरिएको थियो । 


Views: 118