25th August | 2019 | Sunday | 5:50:15 PM

सुष्मा स्वराजको राजकीय सम्मानका साथ अन्त्येष्टि

  POSTED ON : श्रावण २२, २०७६ (६:०७ PM)

सुष्मा स्वराजको राजकीय सम्मानका साथ अन्त्येष्टि

काठमाडौं । भारतीय जनाता पार्टीकी नेतृ तथा पूर्व्विदेशमन्त्री सुष्मा स्वराजको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

लोधी रोडस्थित विद्युतीय शव दाहागृहमा उनको अन्त्येष्टि गरिएको हो । उनकी छोरी बाँसुरीले अन्तिम संस्कारको धार्मिक संस्कार पूरा गरिन् । बाँसुरी उनकी एकमात्र सन्तान हुन् । उनका श्रीमान स्वराज कौशलसँगै थिए ।

भारतकी पहिलो पूर्णकालीन महिला विदेशमन्त्रीसमेत रहेकी स्वराजको ६७ वर्षको उमेरमा मंगलबार राति निधन भएको थियो ।

अन्त्येष्टिका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसहित भारतीय जनता पार्टीका नेताहरु उपस्थित थिए । यसअघि उनको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि भाजपा कार्यालयमा राखिएको थियो ।


Views: 86