25th August | 2019 | Sunday | 5:17:10 PM

मुस्लिम देशबाट पनि पाकिस्तानलाई निराशा ?

बीबीसी   POSTED ON : श्रावण २८, २०७६ (१२:१९ PM)

मुस्लिम देशबाट पनि पाकिस्तानलाई निराशा ?

नयाँदिल्ली । भारतले जम्मु–कस्मिरलाई दिइँदै आएको विशेष राज्यको मान्यता खारेज गरेपछि पाकिस्तान तत्काल सक्रिय भएको थियो । जम्मु–कस्मिरमा तीनवटा क्षेत्र छन्, जम्मु, कस्मिर र लद्दाख । जम्मु हिन्दू बाहुल्य क्षेत्र हो भने कस्मिर पूरै मुस्लिम बाहुल्य र लद्दाख बौद्ध बाहुल्य क्षेत्र हो । नरेन्द्र मोदी सरकारले यो प्रदेशलाई दुई केन्द्र शासित क्षेत्रमा विभाजन गर्ने निर्णय गरेको थियो ।

जम्मु–कस्मिर केन्द्र शासित राज्य भएको छ, जहाँ विधानसभा पनि हुन्छ । तर, लद्दाखमा विधानसभा नहुने भएको छ । भारत सरकारको यो निर्णयप्रति पाकिस्तानले तत्काल र तिखो प्रतिक्रिया जनाएको थियो । पाकिस्तानले भारत सरकारको यो निर्णयको निन्दा गर्दै भारतसँगको करिब–करिब सबै द्विपक्षीय सम्बन्ध अन्त्य गरेको छ । पाकिस्तानस्थित भारतीय राजदूतलाई फिर्ता पठाएको छ भने सबै व्यापारिक सम्बन्ध पनि अन्त्य गरेको छ । पाकिस्तानले जम्मु कस्मिरको विषय मुस्लिम देशको संगठन अगनाइजेसन अफ इस्लामिक कोअपरेटिभ (ओआइसी) मा पनि लगेको छ । जहाँ विश्वभरका ५७ मुस्लिम बाहुल्य मुलुक सदस्य छन् । ओआइसीले जम्मु–कस्मिरमा मानव अधिकारको उल्लघंनको निन्दा गर्दै विवाद समाधानका लागि वार्ता सुरु गर्न आग्रह गरेको छ । 

पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैसी जम्मु कस्मिरका भारतले गरेको निर्णयका विषयमा छलफल गर्न चीन गएका थिए । चीनले पनि यो विषय कस्मिरको समस्या दुई देश मिलेर समाधान गर्न आग्रह ग¥यो । चीनले लद्दाखमाथि आप्mनो पनि दाबी गर्दै आएको छ । त्यसो हुनाले लद्दाखलाई केन्द्र शासित बनाएको प्रति चीनले आपत्ति जनाउँदै आएको छ । पाकिस्तानले निकै आशा र भरोसासँग मुस्लिम देशहरूसँग अपेक्षा गरेको थियो । विशेषगरी, मध्यपूर्वका मुलुकसँग पाकिस्तानले बढी नै अपेक्षा गरेको थियो । तर, पाकिस्तानलाई झट्का दिनेगरी संयुक्त अरब इमिरेटले व्यवहार देखाएको छ । 

यही हप्ता पाकिस्तानका विदेश मन्त्रालयका प्रवक्ता मोहम्मद फैसलसँग एकजना पत्रकारले भारतको मुकाबिला पाकिस्तानले कसरी गर्छ भनेर सोधेका थिए । जवाफमा उनले भनेका थिए, ‘हामी मुसलमान हौँ र, हाम्रो डिक्सनरीमा डर नामको कुनै शब्द हुँदैन ।’ पाकिस्तान यो समस्यालाई लिएर मुस्लिम देशलाई गोलबन्दी गर्ने कोसिसमा देखिएको छ । भारतका लागि युएईका राजदूतले दिल्लीको लाइनलाई मान्यता दिँदै भारत सरकारको जम्मु–कस्मिरमा परिवर्तन गर्ने निर्णय यसको आन्तरिक विषय भएको र यो निर्णयले प्रदेशको प्रगति गर्न सहयोग पुग्ने अभिव्यक्ति दिए । यद्यपि, युएईका विदेश मन्त्रीले दुवै पक्षलाई संयम र संवादमार्फत काम गर्न आग्रह गरेका छन् ।

युएईको जस्तै मध्य–पूर्वका बाँकी मुस्लिम मुलुकले पनि यो विषयमा प्रतिक्रिया दिएका छन् । यसमा साउदी अरब, इरान, टर्कीले भारत र पाकिस्तान आपसमा संवाद गरेर समस्या समाधान गर्न र तनाव कम गर्न सुझाव दिएका छन् । यद्यपि, टर्कीलाई लिएर पाकिस्तानी सञ्चार माध्यमले टर्कीका राष्ट्रपति रेचेप तैयर अर्दोवानसँग प्रधानमन्त्री इमरान खानको संवाद भएको र टर्कीले यो विषयमा आपूm पाकिस्तानको साथ रहने आश्वासन दिएको दाबी गरेका छन् ।

एउटा ठूलो कारण के हो भने मध्य–पूर्वका मुस्लिम मुलुकका लागि पाकिस्तानको तलनामा भारत धेरै महŒवपूर्ण कारोबारी साझेदार हो । पाकिस्तानको तुलनामा भारतको अर्थ व्यवस्था नौ गुणा ठूलो छ । यसबाट के स्पष्ट हुन्छ भने यी भारतले यी मुलुकमा कारोबार वा लगानीको धेरै फाइदा दिँदै आएको छ । यसको विपरीत पाकिस्तानको अर्थ व्यवस्था संकटग्रस्त छ । पाकिस्तानी सरकारले यही वर्षको सुरुमा साउदी र चीनबाट दुई–दुई अर्ब डलर ऋण लिएको थियो । दशकौंदेखि भारत सरकार प्यालेस्टाइनको समर्थनमा उभिँदै आएको छ । यस कारण पनि खाडीका मुस्लिम देशसँग भारतको ऐतिहासिक र सांस्कृतिक सम्बन्ध पनि छ । 

मध्य–पूर्वमा भारतको नीति लामो समयसम्म इजरायलको विरोधमा थियो । तर, जब अबरका मानिसले शान्ति प्रक्रियामा इजराइलसँग बैठक सुरु गरे, तब भारतका नेताले मध्य–पूर्वमा आप्mनो नीतिको समीक्षा सुरु गरे । त्यसपछि भारतले इजराइलसँग सम्बन्ध विस्तार ग¥यो र १९९९ देखि इजरायलसँग हतियार किन्न थाल्यो । भारतले के अनुभव ग¥यो भने अरबमा कुनै खास मुलुकसँग सम्बन्ध बढाउँदा कुनै टकरावको स्थिति छैन, वा कस्मिरलाई लिएर कुनै विवाद छैन । ओआइसीका तर्फबाट विज्ञप्ति नै जारी भए पनि त्यसले कुनै असर गर्दैन ।

ओआइसीमा आवश्यक पर्दा भारतलाई खुलेरै समर्थन गर्ने मुस्लिम मुलुक पनि छन् । जस्तै ः इरान या इन्डोनियसा । भारतको सम्बन्ध साउदी अरबसँग पनि राम्रो छ । र इरानसँग पनि नराम्रो छैन । भलै साउदी र इरानबीच शत्रुता नै किन नहोस् । इरान कस्मिरको विषयमा भारतको साथमा छ । किनभने सीमामा इरानको पनि पाकिस्तानसँग समस्या छ । इरानले पाकिस्तानमाथि साउदी अरबको नीतिमा हिँडेको र, बलोच विद्रोहीलाई सहयोग गरेको आरोप लगाउँदै आएको छ । बलोच विद्रोहीले इरानी सुरक्षाकर्मीलाई निसाना बनाउँदै आएका छन् । पाकिस्तान र इरानमा अफगानिस्तानमा आप्mनो प्रभावलाई लिएर पनि विवाद छ । अफगानिस्तान हिन्द महासागरमा व्यवसायका दृष्टिले निकै महŒवपूर्ण छ । पाकिस्तानमा साउदी अरब धार्मिक शिक्षा र मस्जिद निर्माण गर्न सहयोग गर्दै आएको छ ।


Views: 122