20th February | 2020 | Thursday | 9:43:07 AM

तालिबानका छायाँ प्रान्तीय गभर्नर मारिए

  POSTED ON : भदौ २९, २०७६ (५:२४ PM)

तालिबानका छायाँ प्रान्तीय गभर्नर मारिए

अफगानिस्तान र (रासस/सिन्ह्वा) – सरकारी फौजको कारबाहीमा अफगानिस्तानको उत्तरी सामानगान प्रान्तका लागि तालिबानका छायाँ गभर्नर मौलवी नूरुद्दीन समेत कम्तीमा १२ जना तालिबान लडाकूहरु मारिएका छन् ।

सेनाका प्रवक्ता मोहम्मद हनिफ रेजाइले तालिबान विरुद्ध सरकारी फौजले हवाई कारबाही गरेको बताए । द्वन्द्वग्रस्त यस प्रान्तमा तालिबान विद्रोहीको निकै बलियो प्रभाव र पकड रहेको छ ।

प्रवक्ता रेजाइले गोप्य सूचनाका आधारमा आइतबार बिहान लडाकू विमानले तालिबान विद्रोहीहरु लुकेर बसेका स्थानमा हवाई कारबाही गरेको बताए ।

रेजाइले प्रान्तको सुरक्षा व्यवस्था सुदृढ तुल्याउन तालिबान विरुद्धको कारबाहीलाई अझ कडा बनाइने जानकारी दिए । तालिबान समूहले भने उक्त कारबाहीका बारेमा केही बताएको छैन ।

रासस


Views: 128