20th February | 2020 | Thursday | 10:16:48 AM

यमन युद्धमा नराम्रोसँग फस्यो साउदी अरब

बीबीसी   POSTED ON : भदौ ३१, २०७६ (१०:०८ AM)

यमन युद्धमा नराम्रोसँग फस्यो साउदी अरब

रियाद । साउदी अरबका दुई तेल संयन्त्रमा शनिबार भएका आक्रमणपछि पूरा क्षेत्रमा तनावको अवस्था बनेको छ । आक्रमणको जिम्मेवारी हुथी विद्रोहीहरूले दिएका छन् । तर, अमेरिकाले यसका लागि ईरानलाई जिम्मेवार भनेको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले हुथी विद्रोहीको दाबीलाई खारेज गरेमा साउदी तेल कम्पनी अरामका संयन्त्रलाई निशाना बनाइएको थियो ।

साउदी अरबका ऊर्जामन्त्रीका अनुसार यो आक्रमणका कारण कच्च तेलको उत्पादनमा प्रतिदिन ५७ लाख ब्यारेल कटौती भएको छ । विश्लेषकहरूले संसारभर यसले गर्दा तेलको मूल्यमा असर पर्ने धारणा राखेका छन् । ड्रोनका माध्यमबाट अबकिक र खुरैसका तेल संयन्त्रलाई निशाना बनाइएको थियो । पोम्पियोले आक्रमणका लागि सिधै इरानलाई जिम्मेवार भन्दै ट्वीटरमा लेखेका छन् ‘यसको कुनै प्रमाण छैनकी ड्रोन यमनबाट आएका थिए ।’ साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले विगत ४ वर्षदेखि यमनका हुथी विद्रोहीविरुद्ध युद्ध गरिरहेको छ । 

साउदी अरबले लगातार इरानमाथि हुथी विद्रोहीलाई सहयोग गरेको आरोप लगाउँदै आएको छ । तर, इरानले यस्ता आरोप खारेज गर्दै आइरहेको छ । साउदी अरबको सरकारी सञ्चारमाध्यमका अनुसार क्राउन प्रिन्स मोहम्मद बिन सलमानले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग टेलिफोनमा कुरा कुरा गरेका छन् र उनले आफ्नो सरकार ‘यो आतंकवादी आक्रमणसँग जुध्न सक्षम र इच्छुक रहेको’ बताएका छन् । 

खाडी देशहरूको कूटनीतिक हलचलमा ध्यान दिने केही विशेषज्ञहरूले यस क्षेत्रमा इरानको दबदबा साउदीलाई कहिल्यै पनि मन नपरेको दाबी गरेका छन् । उनीहरू हुथी विद्रोहीहरूलाई इरानले सहयोग गरेको साउदीको आरोपबारे पनि प्रश्न उठाउँछन् ।

भारतको दिल्लीस्थित जवाहर लाल नेहरू विश्वविद्यालयका प्रोफेसर एके पाशाले धेरै आरोप लगाए पनि साउदी अरबले हुथी विद्रोहीलाई इरानबाट सहयोग भएको प्रमाण दिन नसकेको दाबी गरे । उनी भन्छन्, ‘इरान हुथी विद्रोहीलाई समर्थन गर्छ, यो कुरा प्रोपोगाण्डामात्र हो । हालसम्म त्यहाँ एकजना पनि इरानी सैनिक पक्राउ परेका छैनन् र इरानी हतियार पनि फेला परेको छैन । साउदी अरबको अनुमति बिना एक पनि जहाज त्यहाँ जान सक्दैन ।’ उनले यमनका पूर्वयमनका पूर्वराष्ट्रपति अली सालेहले रूस र चीनबाट प्राप्त गरेका हतियार हुथी विद्रोहीले प्रयोग गरेको बताए ।

यस्तै मध्यपूर्वबारे जानकार कमर आगाले इरानको यो क्षेत्रमा धेरै देशहरूमा प्रभाव रहेको दाबी गरे । र रूस जस्ता देशहरू यस्तो प्रभाव रहिरहोस भन्नेमा रहेको उनले बताए । उनले भने, ‘इरानको सीरियामा निकै ठूलो प्रभाव देखिन्छ । इराकमा पनि प्रभाव देखिन्छ । लेबनानमा पनि यसको प्रभाव देखिन्छ । र यदि यमन पनि उता गयो भने, स्थिति निकै परिवर्तन हुनसक्छ । यो क्षेत्र निकै महŒवपूर्ण छ । इराक, इरान, सिरिया, लेबनान र यमन । यो पूरा क्षेत्र तेलमा डसबेको छ । निकै तेल यी देशमा छ । ठूला देशहरूको यहाँ आफ्नो हित छ । बहुराष्ट्रिय कम्पनीहको पनि आफ्नो हित छ ।’ उनले साउदीलाई इरानको दबदबा मन नपर्ने भन्दै साउदीलाई आफ्नो अस्तित्व खतरामा भान भएको र यमनको तेल र ग्यास भण्डारहरूमा आँखा लगाएको बताए । 

दक्षिणी र उत्तरी एमन एक भएपछि पनि पृथकताको भावना सकिएन । एके पाशा भन्छन्, ‘२०११ को अबरपछि यमनको रानीतिक स्थितिमा परिवर्तन आयो । त्यो समयमा यमनमा पनि निकै ठूलो प्रदर्शन भयो । जसको कारण अली अब्दुल्लाह सालेहले पद छोड्नु प¥यो । उनले उपराष्ट्रिपति अब्दरबू हादीलाई सत्ता हस्तान्तरण गरे ।’ तर हादीका लागि सरकार चलाउन सजिलो थिएन । उनले सालेहका इमान्दारसँग लड्नुपर्ने थियो । अलकायदा र इस्लामिक स्टेटको बढ्दो प्रभाव पनि रोक्नु थियो । तर, उनका लागि सबैभन्दा ठूलो मुश्किल बन्यो शिया विद्रोही हुथी आन्दोलन । हुथी विद्रोहीहरूले हादीको कमजोरीको फाइदा उठाए । र उत्तर तथा पश्चिमका धेरैजसो स्थानमा कब्जा गरे ।

२०१५ मा हुथी विद्रोहीहरूले राजधानी सनामा कब्जा गरे र हादीले साउदी अरबमा शरण लिनु प¥यो । हुथी विद्रोहीले मोहम्मद अल हुथीको नेतृत्वमा सरकार गठन गरे तर अन्तर्राष्ट्रिय समुदायले यसको सट्टा हादी सरकारलाई नै यमनको सरकारका रूपमा मान्यता दिए । मार्च २०१५ मा साउदी अरबको नेतृत्वमा बनेको आठ देशको गठबन्धनले हुथी विद्रोहीहरूविरुद्ध हवाई आक्रमण शुरु गर्यो । यस गठबन्धनमा अमेरिका, बेलायत र फ्रान्सले सहयोग दिए । यमनमा यी तमाम देशहरूको हस्तक्षेपका पछाडि आ आफ्नो हित छन् । पाशा भन्छन्, ‘सोमालियामा सैन्य शिविर बनाउन नसकेको अमेरिका यमनलाई विकल्पका रूपमा हेर्छ । यमनको रणनीतिक स्थिति पनि यसको महŒव बढाउँछ ।’ कमर आगा भन्छन्, ‘यमनमा रुचि बेलायत, खाडीकोमात्र छैन, चीन र रूसको पनि छ ।’

पहिला गृह युद्ध र गएका ४ वर्षदेखि गठबन्धन सेनाका आक्रमण झेल्दा यमनको अनुहार बदलिएको छ । कमर आगा भन्छन्, ‘अवस्था दिनदिनै खराब हुँदै गएको छ । त्यहाँका मानिसहरूसँग खानेकुरा पनि छैन । त्यहाँ रोगले महामारीको रूप लिएका छन् । मानिसहरू मरिरहेका छन् । मानवअधिकारको उल्लंघन बढेको छ । कहिले जन्तीमा बम खसालिन्छ, कहिले विद्यालयमा कहिले अस्पतालमाथि बम खसालिन्छ ।’

संयुक्त राष्ट्र संघले २०१६ को युद्धपछि त्यहाँ कम्तीमा १० हजार मानिस मारिएको अनुमान गरेको । एजेन्सीहरू त ७० हजारसम्म मानिसहरू मरेको बताउँछन् । राष्ट्र संघका अनुसार देशको करिब ८० प्रतिशत जनसंख्यालाई मानवीय सहयोग वा संरक्षणको आवश्यकता छ । ३३ लाखभन्दा धेरै विस्थापित भइसकेका छन् । देशको स्वास्थ्य संरचना भत्किसकेको छ । गएका वर्षहरूमा महामारीको रूप लिने हैजाको चपेटामा परेर हजारौं मानिसहरूले ज्यान गुमाएका छन् । तर झट्का साउदी अरब र उसका सहयोगीहरूलाई पनि कम लागेका छैनन् । 

कमर आगा साउदीले नचाहेको दलदलमा फसेको बताउँछन् । उनले भने, ‘मलाई लाग्दैन यमनमा साउदीको जे उद्देश्य थियो, त्यो पूरा भइरहेको छ । साउदी अरबका अगाडि समस्या छ की तेलको मुल्य कम भएको छ । आम्दानी कम भएको छ । युद्धको खर्च निकै बढेको छ । तर उनीहरू पछाडि फर्कन सक्दैनन्, किनकी हुथीले अब मान्ने छैनन् ।’

उता एके पाशा यमनको इतिहासलाई स्मरण गराउँदै भन्छन्, ‘यमनका मानिसहरूले सधंै आफ्नो देशमा कब्जाको प्रयास गर्नेहरूलाई लखेटेका छन्, यही हिम्मतको दमममा केही हप्तामा युद्ध सकिने दाबी गर्ने साउदी अरबका क्राउन प्रिन्स मोहम्मद बिन सलमानलाई हैरान गरेका छन् ।’ उनले हुथी विद्रोहीहरूले साउदी अरबका विमानस्थल र महŒवपूर्ण स्थानमा आक्रमण गरेर उसलाई दबाबमा पारिदिएका बताए । युद्धको दबाबका बीचमा अमेरिका, बेलायत र फ्रान्समा पनि आफ्नो घरभित्र विरोध भइरहेको छ । मानवअधिकार संगठनहरू लगातार प्रश्न उठाइरहेका छन् । साउदी अरबको नेतृत्व रहेको गठबन्धनमा पनि दरार देखिन थालेको छ ।

पाशाका अनुसार गठबन्धनमा रहेको संयुक्त अरब इमिरेट्स (युएई)मा पनि विवाद भएको छ । युएईबाट यमनमा जो मानिसहरू लड्न गएक थिए, त्यसमा सबैभन्दा धेरै मानिसहरू फुजैहराबाट थिए । त्यहाँका मानिसहरू गरिब र पछाडि छन् । उनीहरूका धेरै मानिस त्यहाँ मारिएका छन् । जसका कारण युद्ध निकै अलोकप्रिय भइरहेको छ । दुबईका शासक शेख मोहम्मद बिन राशिद अल मकतुमले अबु धाबीका क्राउन प्रिन्सलाई चेतावनी दिएका छन् । युएईमा विद्रोह भएको छ । 

अदनलाई हादी सरकारले राधानी बनाएको छ । तर हादी देशभन्दा बाहिर छन् । साउदी अरबले यमनको लाइफ लाइन भनिने हुदैदा बन्दरगाहमा नाकाबन्दी गरेको छ । तर युद्ध समाप्त हुने संकेत देखिएका छैनन् । कमर आगा भन्छन्, ‘युद्ध सुरु त गर्न सकिन्छ, समाप्त गर्न निकै मुश्किल हुन्छ । यहाँ केही शक्ति छन्, यसमा केही एकअर्काविरुद्ध पनि छन् ।’

तर पाशा भन्छन्, ‘अहिले केही आशाका किरण देखिएका छन् । विस्तारै विस्तारै आशा देखिएको छ । र यसको कारण इरान र फ्रान्सका राष्ट्रिपति म्याक्रोँको तर्फबाट गरिएको प्रयास हो । त्यहाँ युद्ध विराम को आशा छ ।’ यमन ध्वस्त भईसकेको छ । यू्एई युद्धबाट बाहिर आउने तयारीमा छ र साउदी अरब पनि थाकिसकेको छ । तर अझै पनि कसैले पनि दाबी गर्न सक्दैन यमनको युद्ध कहिले रोकिन्छ । खास गरेर शनिबारको पछिल्लो घटनाक्रमपछि स्थिति थप खराब भइरहेको देखिन्छ । (बीबीसी हिन्दीबाट अनुवाद)


Views: 112