19th October | 2019 | Saturday | 9:13:05 PM

सद्दाम हुसेनका सेना र त्यो युवकको मार्मिक बयान

बीबीसी   POSTED ON : आश्विन २, २०७६ (१०:०५ AM)

सद्दाम हुसेनका सेना र त्यो युवकको मार्मिक बयान

बग्ददाद । ‘मलाई निकै भयानक अनुभव भइरहेको थियो । मैले आफ्नै आँखाअगाडि आमाको हत्या भइरहेको देखेको थिएँ । मसँग आमालाई बचाउने शक्ति थिएन । मैने आमाको रक्षा गर्न सकेन । त्यसपछि मैले आफ्ना दुई बहिनीहरूलाई हत्या गरेको देखेँ । उनीहरूले मेरी आमा र बहिनीलाईमात्र मारेनन् । उनीहरूले मेरा सबै नातेदारहरूको हत्या गरिदिए ।’ 

उनीहरूको अपराध यो थियो कि उनीहरू सद्दाम हुसेनको इराकमा बस्ने कुर्द नागरिक थिए । यो गएका ३० वर्ष पहिलाको घटना हो । तर तैमुर अब्दुल्ला अहमदलाई आज पनि त्यो घटनाको हरेक क्षण सम्झना छ । यो घटना मे १९८८ को हो  । त्यो बेलामात्र १२ वर्षका तैमुर भावानात्मक रूपमा नभए पनि शारीरिक रूपमा त्यो हत्याकाण्डमा बाँच्न सफल भएका थिए । तैमुर भन्छन्, ‘मैले देखेँ मेरी आमाको टाउकोमा गोली लागेको थियो, जसका कारण उनको दोपट्टा खसेको थियो । यसपछि मैले देखेँ एक अर्को गोली मेरी बहिनीको गालालाई छिचोल्दै उनको टाउकोबाट निस्कियो । मेरी अर्की बहिनीको पाखुरामा गोली हानिएको थियो, उसको रगत पानीजस्तै बगिरहेको थियो ।’ 

तैमुर भन्छन्, ‘म एक साधारण मानिस जस्तो रहिन । म दैनिक त्यो घटनाबारे सोच्छु र पटक पटक मर्छु ।’  अब ४३ वर्षका भइसकेका तैमुरले बिबिसीलाई आफ्नो ज्यान जोगिएको आश्चार्यजनक घटना र न्यायका लागि आफ्नो लामो लडाईको कथा सुनाए । 

जुन महिनामा इराकका अधिकारीहरूले त्यो स्थानको उत्खनन सुरु गरे, जसको बारेमा तैमुरलाई लाग्छ, उनका नातेदर गाडिएका छन् । तर, अधिकारीहरूले उनलाई यो विषयमा जानकारी दिएनन् । हाल इराकी अधिकारीहरूले यी अवशेषहरूलाई फेरि इराकको कुर्द क्षेत्रमा गाड्ने सोचमा छन् । 

यो कुरा सुनेर तैमुरलाई शिर उठेको छ । यसरी लुकीछिपी मानिसहरूको अवशेषहरूलाई उत्खनन गरेर अर्को स्थानमा गाड्नुको कुनै अर्थ नहुने उनी बताउँछन् । उनी भन्छन्, ‘म चाहन्छु, सारा संसारले देखोस्, हामीमाथि के भएको थियो । म निर्दोष बच्चाहरूको शव क्यामेरामा देखियो भन्ने चाहन्छु । जो आफ्नो आमाको काखामा टाँस्सिएका थिए, जब उनीहरूलाई गोली हानिएको थियो ।’ 

तैमुर हाल अमेरिकामा बस्छन् । तर जब उनलाई साथीहरूले उनका नातेदारहरूको चिहान उत्खनन भइरहेको जानकारी दिए, उनी तुरुन्त इराक पुगे । हाल उनी यी चिहानको उत्खननको विरोधमा छन्  किनकि उनकी आमा, बहिनी र नातेदार यहीँका चिहानमा गाडिएको उनको विश्वास छ । गएको एक दशकमा इराकमा कुर्द मानिसहरूको सामूहिक चिहानबारे थाहा भएको हो । इराकको सरकारले यस्ता ७० सामूहिक चिहान मध्ये १७ वटाको उत्खनन गरिएको बताएको छ ।

इरान–इराक युद्धको अन्तिम दिनहरूमा सद्दाम हुसेनले कुर्द मानिस विरुद्ध निकै खतरनाक सैन्य अभियान सुरु गरे, जसको नाम ‘अल अनफल’ थियो  । यी कुर्द उत्तरी इराकमा बस्थे । यो सैन्य अभियानको उद्देश्य कुर्दहरूलाई सबक सिकाउनु थियो । किनकि उनीहरूको एक गुटले इरानलाई सहयोग गरेको थियो । साथै सद्दाम कुर्दहरूको स्वतन्त्रताको माग पनि दबाउन चाहन्थे । 

तैमुर अब्दुल्ला अहमदलाई अप्रिल १९८८ को त्यो दिन आज पनि सम्झना छ । जब सद्दाम हुसेनको हिंस्रक अभियानबारे सुनेर पूरै गाउँ सोचमग्न थियो । उनी भन्छन्, ‘उत्तर इराकका गाउँहरुलाई एक एक गरेर निशाना बनाइएको थियो ।’

अप्रिल महिनको त्यो कालो दिनको सम्झना तैमुरको मनमा अझै पनि ताजै छ । जब गाउँका १ सय १० बासिन्दालाई घरबार छोडेर जान भनिएको थियो । तैमुर भन्छन्, ‘सैनिकहरूले सबैसँग भने तिमीहरूका लागि शरणार्थी शिविर बनाइएको छ । त्यहाँ गएर आराम गर्न सक्छौ  ।’ केही मानिसलाई सेनाले गाडीमा कोच्यो । तैमुरको परिवार पनि आफ्नो ट्याक्टरबाट पछाडि पछाडि हिँड्यो । 

अन्तममा यी सबै मानिसलाई उत्तरी इराकको टोपजावा नामको सैनिक ब्यारेकमा ल्याइयो । त्यहाँ पुगेपछि पहिला पुरुषलाई अलग गरियो । र उनीहरूलाई नांगो पारेर आँखामा कालो पट्टी बाँधियो । त्यो अन्तिमपटक थियो जब तैमुरले आफ्ना बाबुलाई देखेका थिए । यसपछि तैमुर, उनकी बहिनी र अन्य बच्चालाई उनकी आमा, ठूली आमाकालाई करिब एक महिनासम्म साथै बन्धक बनाएर राखियो । मेको एक निकै रापिलो दिनमा सबै महिलाहरू र बच्चालाई पूरै ढाकिएको सैनिक ट्रकमा राखियो र केही घण्टाको यात्रापछि उनीहरूलाई कुनै अज्ञात स्थानमा पु¥याइयो । 

तैमुरले कुनै तरिकाले आफ्ना हात खोलेका थिए । र आफ्नो आँखाको पट्टी हटाइदिएका थिए । पाँच मिनेटपछि ट्रक आफ्नो गन्तव्यमा पुग्यो । जब त्यसको ढाला खोलियो तैमुरले देखे, त्यहाँ बुलडोजरले ठूला ठूला तीनवटा खाडल खनेका थिए । तैमुर भन्छन्, ‘मैले देखेँ एके–४७ लिएर दुई इराकी सैनिक ती खाडलतर्फ हेरिरहेका थिए ।’ 

ट्रकबाट सबै महिलाहरू र बच्चा, यहाँसम्मकी एक महिनाको बच्चलाई ट्रकबाट उतारेर ती खाडलमा धकेलियो । तैमुर भन्छन्, ‘अचानक तीन सैनिकले हामीमाथि गोली चलाउन थाले । उनीहरूले एक गर्भवती महिलालाई गोली हाने, जसको डेलिभरी हुनेवाला थियो । उनको पेट फुट्यो ।’ तैमुरको बायाँ हातमा गोली लाग्यो । जब गोलाबारी रोकियो, अँध्यारो भइसकेको थियो । इराकी सैनिकहरू गएपछि तैमुर खाडलबाट बाहिर आए । कहिले घिर्सेर, कहिले कुदेर उनले मरुभूमिलाई पार गरेर एक पालसम्म पुगे जो इराकी बद्दू कविलाको थियो । 

तैमुर भन्छन्, ‘किनकि मलाई त्यो अवस्थामा अस्पताल लगिनु जोखिमपूर्ण थियो, त्यसैले उनीहरूले मलाई गाउँकै वैद्यकहाँ लगे । उनको औषधिले मेरो गोलीको घाउ ठिक भयो ।’ इराकका ती बद्दुलाई थाहा थियो, कुनै कुर्द केटालाई शरण दिनु कति जोखिमपूर्ण छ  तर उनीहरूले खतरा भए पनि तैमुरको ज्यान बचाए । तैमुर भन्छन्, ‘मलाई थाहा थियो, मेरा एक नातेदार इराकी सेनामा थिए, मैले उनीसँग सम्पर्क गरेर करिब ३ वर्षपछि कुर्द क्षेत्रमा गएँ ।’ 

तर, जब तैमुर १९९१ मा कुर्द क्षेत्रमा पुगे, उनी इराकी सेनाको गोलीबाट बाँचेको हल्ला फैलियो । उनी भन्छन्, ‘जम मेरो कथा चर्चित भयो, इराकी अधिकारी र उनीहरूका कुर्द साथी मलाई खोज्न थाले ।’ त्यो बेला १५ वर्षका उनी ती मानिसबाट बच्न लुकेर बस्न थाले । उनी भन्छन्, ‘म उजाड कुर्द क्षेत्रमा थिएँ । त्यहाँ खानका लागि केही पनि थिएन । मैले कति दिन त पातहरू खाएँ ।’ 

तर, छिट्टै उनको अवस्था सुध्रिन र शरण पाउने उनको निवेदनलाई अनुमति दिइयो । तैमुर भन्छन्, ‘१९९६ मा म अमेरिका पुगेँ । त्यहाँ मैले गाडीको पार्ट पूर्जाको कारोबार सुरु गरेँ । अहिले पनि त्यही गरिरहेको छु ।’ 

अमेरिकाबाट आएपछि तैमुर अब मरुभूमिका छन् । किनकि उनीहरू अधिकारीलाई ती खाडल उत्खनन गर्नबाट रोक्न सकून् । जहाँ उनकी आमा र बहिनीको शव गाडिएको छ । उनी इराकी अधिकारी र नेताहरूको कुरा सुनेर हैरान भइरहेका छन् । जब एक चिहान उत्खनन गरेर, अर्को चिहान पनि भेटिएको बताउँछन् । 

उनी भन्छन्, ‘म यहिँ बस्छु र चिहानको सुरक्षा गर्छु । कुर्दहरूको नरसंहारलाई संसारले मान्नुपर्छ । हामीले यसका लागि जिम्मेवार मानिसबाट न्याय पाउनु पर्छ ।’ (बिबिसी हिन्दीबाट अनुवाद)


Views: 50